अविलम्ब बाह्य क्षेत्र सुधार

कोरोनाका कारण अर्थतन्त्र शिथिल भए पनि केही सूचकहरू सकारात्मक रहेको अवस्थामा कोरोनाका त्रास घटेसँगै यसले अर्थतन्त्रमा पारेको असरहरू बाहिर देखिन थालेका छन् । अहिले आन्तरिक अर्थतन्त्र चलायमान भए पनि तरलताको समस्या दिनप्रतिदिन बढ्दो छ । अर्थतन्त्रको बाह्य क्षेत्र भने निकै असन्तुलित बन्न थालेको छ जसलाई समयमै सम्बोधन गर्न नसके मुलुक गम्भीर संकटमा फस्न सक्ने संकेत पनि देखापर्न थालेको छ । आईएमएफको कर्जाले ज्यादै कम समयका लागि मात्रै काम गर्छ । त्यसपछि यस्तो सहयोग निरर्थक हुन्छ । त्यसैले अर्थतन्त्र सुधार गर्ने हो भने अर्थतन्त्रको क्षमतालाई नै बढाउनुपर्छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक प्रतिवेदनमा नै बाह्य क्षेत्र निकै दबाबमा परेको जानकारी दिएको थियो । विदेशी विनिमय सञ्चिति घटेर ८.६ महीनाको वस्तु आयात तथा ७.८ महीनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा झरेको छ । यो सञ्चितिले तत्कालै समस्यामा पार्ने त देखिँदैन । तर, नेपालजस्तो विप्रेषणमा आधारित अर्थतन्त्रका लागि यो सञ्चिति खतराको सूचकचाहिँ मानिन्छ । अघिल्लो आवको यही अवधिमा कोरोनाका कारण आयात निर्यात प्रभावित थियो । त्यसो हुँदा विनिमय सञ्चिति पर्याप्त थियो । तर, अहिले यो क्रमशः घट्दै गएको छ । यसरी घट्दै जानुमा आयात बढ्नु नै हो । यस अवधिमा आयात ६३.७ प्रतिशतले वृद्धि भई ४ खर्ब ७८ अर्ब नाघेको छ । निर्यात पनि १०९.५ प्रतिशतले बढेको त छ र तर यसका आकार निकै सानो भएकाले व्यापारघाटा चुलिँदै गएको छ । विप्रेषण आप्रवाह पनि अघिल्लो आवको तुलनामा घटेको छ । सेवा व्यापारको अवस्था पनि उस्तै छ । अघिल्लो आवमा रू ११ अर्बभन्दा बढी सेवा व्यापारमा घाटा थियो अहिले त्यो बढेर रू. २३ अर्ब नाघेको छ । भ्रमण आय रू. ४ अर्ब नाघेको छ भने व्यय १५ अर्ब नाघेको छ । यसमा शिक्षातर्फको खर्च जोडिएको छैन । यसरी मुलुकमा विदेशी विनियम सञ्चितिमा ठूलो दबाब परेको छ । अर्थतन्त्रमा यस्तो संकट देखापरेपछि सरकारले अन्तरराष्ट्रिय वित्त निगम (आईएमएफ) सँग कर्जा लिन लागेको छ । यस्तो कर्जा अल्पकालीन हुन्छ र यो आपत्कालीन सुविधा हो । यसले नेपाल संकटमा फस्न लागेको बारे सरकार जानकार छ भन्ने देखाउँछ । तर, आसन्न संकटसँग लड्न कामचलाउ नीति होइन, दीर्घकालीन नीति आवश्यक पर्छ, जसका लागि सरकारले दरो पाइला चाल्नुपर्ने हुन्छ । तर, त्यस्तो छाँटकाँट सरकारमा देखिँदैन । भोलि कर्थकदाचित् यस्तो कर्जा तिर्न सकिएन भने मुलुक भयावह संकटमा फस्ने निश्चित छ । विदेशी विनिमयको समस्या समाधान गर्न आईएमएफसँग कर्जा लिएर तिर्न नसक्ने देशहरूको बिचल्ली भएको समेत पाइन्छ । नेपालले पनि यो पैसा तिर्न सकेन भने निकै अप्ठ्यारो अवस्थामा पुग्न सक्छ । अर्थतन्त्रमा अहिले देखिएको समस्या हठात् आएको होइन । कोरोना शुरू हुनुपूर्व नै पनि अर्थतन्त्र सकारात्मक गतिमा थिएन । कोरोनाको त्रासमय स्थितिमा पनि समस्या थियो तर त्यतिबेला विप्रेषण बढी भित्रियो र आयात निकै कम भयो । त्यसो हुँदा यो समस्या त्यति बेला नदेखिएको हो । सरकारले यस्तो अवस्था आउन सक्ने देखेर पनि बेलैमा सचेत नहु“दा अहिले समस्या चर्को भएको हो । विदेशी मुद्राको आगमन कम भयो । तर, त्यसलाई बढाउन पहल भएन सरकारले विदेशी ऋण लिएकै लिएको छ । तर, त्यसको शोधभर्ना लिन सकेको छैन । यसले गर्दा पनि विदेशी विनिमय सञ्चितिमा दबाब परेको हो । आईएमएफको कर्जाले ज्यादै कम समयका लागि मात्रै काम गर्छ । त्यसपछि यस्तो सहयोग निरर्थक हुन्छ । त्यसैले अर्थतन्त्र सुधार गर्ने हो भने अर्थतन्त्रको क्षमतालाई नै बढाउनुपर्छ । यो भनेको नेपालले विदेशी विनिमय भित्र्याउने प्रमुख क्षेत्र निर्यात तथा पर्यटनलाई बढाउनुपर्छ ।

सम्बन्धित सामग्री

एक वर्षअघि र अहिलेको अर्थतन्त्रः बाह्य क्षेत्र सुध्रियो, आन्तरिक शिथिलता कायमै

दुई वर्षअघि करिब धराशायीकै अवस्थामा पुगेको अर्थतन्त्रको बाह्य क्षेत्र अहिले सम्हालिएर सहज लयमा छ । तर, सार्वजनिक वित्तका सूचकहरू अहिले पनि सकारात्मक छैनन् ।

बाह्य क्षेत्र सुधारको औचित्य

नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको चालू आर्थिक वर्षको वैशाखसम्मको मुलुकको आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य क्षेत्र पूर्ण रूपमा मजबुत भएको देखाएको छ । गत वर्ष बाह्य क्षेत्रका अधिकांश सूचकमा देखिएको समस्याले धेरै तनाव सिर्जना गरेको थियो । रेमिटेन्समा आएको संकुचन र त्यही बेला उच्च आयात हुँदा विदेशी मुद्रा सञ्चितिमा गिरावट आएको थियो । […]

बाह्य क्षेत्र सुधार्न गरेको कडाइले आन्तरिक अर्थतन्त्रमा मन्दी

७ चैत, काठमाडौं । आयात नियन्त्रण र रेमिट्यान्स वृद्धिले अर्थतन्त्रको बाह्य क्षेत्र सुधार भएका बेला आन्तरिक अर्थतन्त्र भने मन्दीतर्फ गएको देखिएको छ । चालु आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कर्जाको अवस्था हेर्दा आन्तरिक अर्थतन्त्र मन्दीतर्फ गएको निष्कर्षमा पुगिने विज्ञहरु बताउँछन् । गत साउनदेखि माघ मशान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी […]

रेमिट्यान्स र कसिलो कर्जाले सुधार्‍यो बाह्य क्षेत्र, दबावमा राजस्व

२३ माघ, काठमाडौं । रेमिट्यान्समा भएको वृद्धि र घट्दो दरमा देखिएको आयातले अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको दबाव सामान्य अवस्थामा पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८०को अर्धवार्षिक अवधि (साउन–पुस) सकिंदासम्म अर्थतन्त्रको बाह्य क्षेत्र दबावमुक्त बन्दै गएको प्रष्ट देखिएको छ । तर, अर्थतन्त्रको सार्वजनिक वित्त क्षेत्रमा परेको दबावका कारण बाह्य क्षेत्रको स्थायित्व कायम गर्नु कम्ता चुनौतीपूर्ण […]

अर्थतन्त्रमा बाह्य क्षेत्र मजबुतको संकेत

नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको चालू आर्थिक वर्षको मंसिरसम्मको आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य क्षेत्र क्रमशः मजबुत बन्दै गएको देखाएको छ । गत आर्थिक वर्षभर यही बाह्य क्षेत्रका अधिकांश सूचकमा देखिएको समस्याले धेरै तनाव निम्त्याएको थियो । उच्च आयात हुँदा रेमिट्यान्सलगायत विदेशी मुद्रा आर्जन गर्ने स्रोत खुम्चिएपछि मुलुकमा रहेको विदेशी विनिमय सञ्चिति घट्दै […]

अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख, चालू खाता दबाबमै

अर्थतन्त्रमा बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि चालू खाता भने दबाबमा परेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अघिल्लो महिनाको तुलनामा कात्तिकमा चालू...

अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा छः गभर्नर अधिकारी

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा रहेको बताएका छन्। बुधबार नेपाल राष्ट्र बैंकको ६७ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्रमा केही दबाब रहेको बताएका हुन्। उनले राष्ट्र बैंकले बाह्य दबाब कम गरी विदेशी विनिमय सञ्चितिको समेत दबाब कम गर्न नीतिगत पहल भइरहेको बताए। गभर्नर […]

राष्ट्र बैंकको प्रतिवेदनः बाह्य क्षेत्र दबाबमा

काठमाडौं, असोज ८ । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा समग्र अर्थतन्त्रको विभिन्न सूचकमा नकारात्मक संकेत देखिनुका साथै बाह्य क्षेत्र दबाबमा परेको देखिएको छ । साउन महीनामा शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, मूल्य वृद्धि तथा विप्रेषण आप्रवाहलगायत सूचकमा नकारात्मक संकेत देखिएको हो । साउन महीनामा शोधनान्तर स्थिति पुनः घाटामा गएको छ । विदेशी मुद्रा […]

बाह्य क्षेत्र फेरि जोखिममा

अहिले विदेशी मुद्राको पर्याप्त सञ्चिति छ भनेर यस्तो विषम परिस्थितिमा दिल खोलेर राजस्वका निमित्त विदेशी मुद्रा खर्च गर्नु बुद्धिमानी हुँदैन । चालू आर्थिक वर्षको पछिल्ला महिनाहरूमा नेपालको बाह्य क्षेत्र पुनः डगमगाउन थालेको छ । देशको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत रेमिट्यान्स आप्रवाहको वृद्धिदर घट्दै गइरहेको छ । चालू खाता बचतबाट घाटामा परिणत भई त्यो घाटा […]