सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सरकार जोगाउने कि गिराउने भन्ने विषयमा कांग्रेसको आधिकारिक धारणा माग गरिएको छ। जारी केन्द्रीय समितिको बैठकमा बोल्दै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले वर्तमान सरकार जोगाउने कि भत्काउने भन्ने विषयमा कांग्रेसको आधिकारिक धारणा माग गरेकी हुन्। पार्टीको आधिकारिक धारणा नआउँदा फरक धारणा गएको भन्दै उनले पार्टीको धारणा माग गरिन्। ‘अहिलेको सरकार जोगाउने कि भत्काउने भन्ने विषयमा पार्टीको आधिकारिक धारणा आओस्। गठबन्धन बनाउने