चिया उत्पादनमा मौसम र निकासीमा कोरोना झमेला

वैशाख २७, इलाम । विगतका वर्षमा यसपटक चियाको ‘सेकेण्ड फ्लस’ टिप्ने बेला हुन्थ्यो । चियाको मुनाकै राजा मानिने ‘फस्ट फ्लस’बाटै किसानले उल्लेखनीय आम्दानी बटुल्थे । यसपटक विगत झैँ भएन । चियाको पहिलो टिपाइ फस्टाउनका लागि फागुन पहिलो वा मध्यसम्ममा आकाशबाट पानी पर्दा फाइदा पुग्छ । यसपटक त्यो समयमा पानी परेन । यसैले यसपटक चिया उत्पादन ह्वात्तै घट्यो । गत वर्ष तीन हजार किलो हरियोपत्ती बनाएका इलाम नगरपालिका–१ स्थित साँखेजुङका किसान गोपाल दाहालले यसपटक बल्लतल्ल ७०० किलो चिया भएको बताए । ‘पानी नपरेकै कारण चिया उत्पादनमा ह्रास आयो । सायदै त्यो मौसममा (फागुन महीना) पानी परेको भए यस पटक चिया बढ्थ्यो’, उनले भने ।  चियाका लागि आकाशबाट परेको पानी सबैभन्दा बढी लाभदायक हुन्छ । वैकल्पिक माध्यमबाट पानी लाए पनि आकाशबाट परेको पानीमा जति अन्य तवरको पानीमा चिया फस्टाउँदैन । अघिल्ला वर्षमा पनि यही ‘सिजन’को पानीका कारण चिया उत्पादनमा किसानले हण्डर खानुपरेको थियो । यसपटक त किसानले पानी मात्र नभई मलका कारण पनि समस्या भोग्नुपरेको सूर्योदय नगरपालिकाका किसान गोपाल कट्टेलले जानकारी दिए । ‘पानीको त मुख्य समस्या नै भयो तर मल अभाव हुँदा पनि चिया घटेको छ’, कट्टेलले भने । इलामका धेरै चिया बगान र उद्योग अर्गानिक (जैविक) बनेका छन् । यस्ता बगान र उद्योगले रासायनिक मलको प्रयोग गर्दैनन् तर अन्य उद्योगका लागि भने रासायनिक मलको खाँचो पर्छ । गएको वर्षसमेत यहाँका किसानले रासायनिक मलको अभाव झेल्नु पर्‍यो ।  निकासीमा उस्तै लफडा  उत्पादनमा समस्या भएको चियामा यसपटक निकासीमा पनि उस्तै लफडा झेल्नुपरेको छ । यहाँको चिया झापा हुँदै भारतीय बजार पुग्ने गर्छ तर यसपटक भने कोरोनाका कारण सहजरूपमा चिया निकासी भएको छैन ।  कोरोनाले नेपालबाट बाहिर पठाउन समस्या परेको छ भने भारतीय बजारमा चिया किन्नेको पनि संख्या एकदमै कम छ । ‘हामीलाई यताको भन्दा पनि उताकै तनाव छ । अरुबेला यहाँबाट गएको चिया अधिकतम मात्रामा बिक्री हुन्थ्यो’, सूर्योदय टी प्रोड्युसर्सका सचिवसमेत रहेका कट्टेलले भने, ‘भारतमा कोरोना बढेकै कारण झमेला खेप्नुपरेको छ ।’  चिया लैजानु पूर्व एकपटक चियाको ‘स्याम्पल’ (नमूना चिया) लैजानु पर्छ तर यसपटक स्याम्पलसमेत पठाउन सकिएको छैन । जुन सिजनको चिया निर्यात गर्नुपर्ने हो त्यो सिजनको चिया पहिलै स्याम्पलका रूपमा पठाउनु पर्छ । यसपटक भने कोरोनाका कारण सम्भव भएको छैन । विगतका वर्षमा वैशाख १५ सम्ममा पहिलो सिजनको स्याम्पल पठाइसकिन्थ्यो तर यसपटक हालसम्म पुग्न सकेको छैन ।  देउमाई नगरपालिकाका उद्योगी गोपाल दाहालका अनुसार खरीदकर्ताले चाहेको समयमा चिया पु¥याउन नसक्दा बिक्री नहुने सम्भावना बढी हुन्छ । यसको लागत बढी हुने र फिर्ता हुने भएकाले उद्योगकै घाटामा जान सक्छ । चालु आर्थिक वर्ष ०७७र ७८ मा नौ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको छ । यसबाट चालू आर्थिक वर्षमा रू. तीन अर्ब ६ करोड आम्दानी भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्ष ०७६ ०७७ मा ११ हजार १८५ मेट्रिकटन चिया निकासी भएको थियो । यसबाट रू. दुई अर्ब ७८ करोड आम्दानी भएको थियो । गत आर्थिक वर्षमा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । कोभिड–१९ का कारण कम निकासी भएको चियाको निकासी सहज भएपछि निर्यात वृद्धि भएको नेपाल चिया तथा कफी विकास बोर्डले जानकारी दिएको छ । रासस

सम्बन्धित सामग्री

यस्तो छ आजको मौसम

आज दिउँसो कोशी र मधेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजको मौसम

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।...

आजको मौसम

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।...

यस्तो छ आजको मौसम

काठमाडौं : देशका पहाडी भूभागमा अहिले मौसम आंशिक बदली छ। बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशका पहाडी भू–भागका केही स्थानका साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। उनका अनुसार बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। राति कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको स

आजको मौसम

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।...

आजको मौसम

जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भू–भागहरूमा आंशिक बदली रहने छ।बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।...

यस्तो छ आजको मौसम

काठमाडौं : बुधबार बिहान देशको पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राति पनि मौसम सामान्यतया सफा रहनेछ। बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियस स

यस्तो छ आजको मौसम

काठमाडौं : आइतबार बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भाग र प्रदेश १ को तराई क्षाेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ।बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। यो क्षेत्रमा राति पनि प्रदेश हल्का वर्षाको सम्भावन

यस्तो छ आजको मौसम

काठमाडौं : सोमबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ। आज राति देशको पहाडी भू–भागको मौसम आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।

यस्तो छ आजको मौसम

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।शनिबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।