पाँच महिनापछि काठमाडौं उपत्यकाका विद्यालय सञ्चालन

संविधानमै विद्यालय तहको शिक्षाको नियमन स्थानीय निकायले गर्ने स्पष्ट लेखिए पनि संघीय सरकारका कारण त्यो व्यवहारमा आउन सकिरहेको छैन ।

सम्बन्धित सामग्री

सीसीएमसीसीको सिफारिसविपरीत आइतबारदेखि विद्यालय खोल्दै गोकर्णेश्वर नगरपालिका

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) सिफारिसविपरीत विद्यालय सञ्चालन गर्ने भएको  छ । आउँदो आइतबारदेखि विद्यालय सञ्चालन गर्ने नगरपालिकाले विज्ञप्ति नै जारी गरेको छ । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल भने तत्काल उपत्यकाका विद्यालय खोल्ने तयारी नरहेको बताउँछन् । माघ मसान्तअघि उपत्यकामा विद्यालय खोल्ने...

काठमाडौंमा विद्यालय खुल्दा बढ्यो चिन्ता

कोरोना भाइरस संक्रमण दर कम हुँदै गए पनि जोखिम कायमै रहेको अवस्थामा असोज १ गतेदेखि उपत्यकाका विद्यालयहरु भौतिक रुपमा संचालनमा आएपछि चिन्ता बढेको छ । विद्यालयका शिक्षक/शिक्षिका तथा कर्मचारीहरुले पूर्ण खोप लगाए पनि बालबालिकाहरुले खोप नलगाएको अवस्थाले गर्दा जोखिम नटरेको अबस्थामा तत्काल भौतिकरुपमा विद्यालय सञ्चालन गर्नु घातक हुने विज्ञहरुको सुझाव छ । यसअघि स्वास्थ्य मन्त्रालयले …

असोज एक देखि काठमाडौं उपत्यकाका विद्यालय खुल्ने

काठमाडौं । कोभिड–१९ को अत्यासलाग्दो संक्रमणले डेढ वर्षदेखि बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालय असोज १ गतेदेखि खुल्ने भएका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले संक्रमणको अवस्था हेरेर स्थानीय तहले विद्यालय खोल्न सक्ने निर्णय गरेका हुन् । विद्यालय खोल्नुअघि स्थानीय तहहरूले अभिभावक र शिक्षकसँग छलफल भने गर्नुपर्नेछ । विद्यालय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य […]

भदौ १५ देखि उपत्यकाका विद्यालय खुल्ने

न्युज अफ नेपाल, काठमाडौँ । कोरोना महामारीको जोखिम बढीरहेकै बेला काठमाडौंका केही नगरपालिकाहरुले भने भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने भएका छन् । गोकर्णेश्वर नगरपालिकाले भदौ १५ देखि विद्यार्थीहरुको भौतिक उपस्थितिमै सबै विद्यालय खोल्ने निर्णय गरेको हो । विज्ञप्ति जारी गर्दै नगरपालिकाले सरोकारवाला निकायहरुसँगको छलफलपछि विद्यालय सञ्चालन गर्ने सहमति भएको जनाएको छ । त्यस्तै, विद्यालयमा तोकिए […]

माघदेखि काठमाडौं उपत्यकाका विद्यालय पनि खुल्ने

प्रकाश सिलवाल,काठमाडौं । कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् । गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन् । अनलाइन तथा रेडियो÷टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो । कोरोना जोखिम कम भएका काठमाडौँ उपत्यका बाहिरका अधिकांश स्थानका विद्यालय गत मङ्सिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका थिए । ती विद्यालयमा सङ्क्रमित शिक्षक वा विद्यार्थी देखिए केही साता बन्दपछि पुनः सञ्चालनको प्रयोग पनि गरिएको छ । हाल देशभर दैनिक करीब ५०० र काठमाडौँमा २०० को हाराहारीमा सङ्क्रमित देखिएका छन् । काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका अधिकृत ९आठौँ० मोती भट्टराईले जिल्ला कोभिड–१९ को समन्वय र सुझावमा अन्य क्षेत्र पनि खोल्ने तयारीसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरी क्रमशः विद्यालय खोल्न सकिने बताउनुभयो । उहाँले गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीन/चार घण्टाका दरले प्रयोगका रुपमा विद्यालय खोल्न सकिने राससलाई जनाउनुभयो । काठमाडौँमा ९२ सामुदायिक र ६४५ निजी ९संस्थागत० विद्यालय छन् । यसैगरी सामुदायिकमा ४३ हजार र निजीमा एक लाख १० हजार विद्यार्थी छन् । कोभिड–१९ को केन्द्रीय संयोजक समितिले विद्यालयलगायत विभिन्न क्षेत्र खुलाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । काठमाडौँको डिल्लीबजारस्थित विजयस्मारक माविका प्रधानाध्यापक डिल्ली शर्माले सामाजिक दूरीसहित कक्षा ११ र १२ को परीक्षा सफलतापूवर्क सम्पन्न गरे पनि आफूहरुलाई विद्यालय खोल्न आत्मबल बढेकाले अब क्रमशः विद्यालय खोल्ने तयारीमा रहेको बताउनुभयो । भक्तपुर र ललितपुरका कतिपय विद्यालय यसअघि नै सञ्चालनमा आएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु भएको थियो । विद्यालय खोल्नपूर्व अनिवार्यरुपमा निर्मलीकरण गर्र्नुपर्नेछ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहको समन्वयमा विद्यालय खोल्न सकिने आधार यसअघिकै कार्यविधिले दिइसकेको ...

खुले ढोरपाटनका विद्यालय

अत्यधिक चिसो बढेपछि करिब एक महिना बन्द भएका बागलुङको ढोरपाटन नगरपालिका–९, ढोरपाटन उपत्यकाका विद्यालय पुनः सञ्चालनमा आएका छन्। जाडो छल्न बेँसी झरेका बालबालिका गर्मी मौसमको सुरुवातसँगै ढोरपाटन उक्लेपछि विद्यालय सञ्चालन गरिएको हो। गत पुस १८ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि सञ्चालनमा आएका हुन्।