प्रदेश १ नामकरण बहस : पहिचानवादी नै विभाजित

प्रदेश १ लाई पहिचानको आधारमा नामकरण गर्नुपर्छ भन्नेहरू आफैँ विभाजित देखिएका छन् । पहिचानको माग गर्ने एउटा समूहले ‘लिम्बुवान’लाई अस्वीकार गर्ने र अर्को समूहले ‘किरात’ अस्वीकार गर्ने अवस्था देखिएको हो । यसले प्रदेश १ मा पहिचान आन्दोलनले सार्थकता पाउने अवस्था कमजोर देखिएको सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।केही दिनअगाडि किरात राज्य हुनुपर्छ भन्दै किरात राई यायोक्खाले धरानदेखि विराटनगरसम्म मोटरसाइकल र्‍याली तथा प्रदर्शन गरेको थियो । उक्त समूहसँग प्रदेश १ का मुख्यमन