पर्वत : विकासका काममा कोरोना प्रभाव न्यून, निर्माण धमाधम

पर्वत : कोरोना सङ्क्रमणको जोखिमका कारण जारी गरिएको निषेधाज्ञाका कारण पर्वत जिल्ला पनि सुनसान छ। न त मानिसको भिडभाड, न त खुलेका पसल व्यवसाय नै! कोरोना कहरमा जारी भएको निषेधाज्ञाको बेलामा अधिकांश गतिविधिहरू ठप्प अवस्थामा छन्। तर, राष्ट्रिय गौरवका सडक आयोजनासँगै अन्य विकास निर्माणमा कोरोनाले गत वर्ष जस्तो प्रभाव पारेको छैन। राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, यसका शाखा तथा पुल निर्माण सामान्य रूपमै भइरहेको छ।यसैगरी, मोदी खोलामा निर्माणाधीन ३ वटा जलविद्युत् आयोजना, नयाँ मोदी