राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्न माओवादीले दियो प्रचण्डलाई जिम्मा

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवारको चयन गर्ने जिम्मेवारी आजै पुनः अर्को कार्यकालका लागि चयन भएका प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको हो । माओवादी नेता नारायणकाजी श्रेष्ठले पार्टीमा केन्द्रीय कमिटी बाहेक अर्को संयन्त्र तत्काल नभएकाले अध्यक्षलाई नै उम्मेदवार चयनको जिम्मेवारी दिएको बताए । प्रचण्डले आवश्यक परामर्शपछि मंगलबारसम्म ५ उम्मेदवारको टुंगो लगाउने छन् । सोमबार बिहान

सम्बन्धित सामग्री

एकीकृत समाजवादीले कार्यदललाई दियो उम्मेदवार छान्ने अधिकार

काठमाडौँ : नेकपा एकीकृत समाजवादीको आज (आइतवार)को सचिवालय बैठकले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई सर्वाधिकार प्रदान गरेको छ।पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले क्षेत्र, क्लष्टर र उम्मेदवार छनोट गर्ने सर्वाधिकार कार्यदललाई दिएको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। अध्यक्ष नेपाल नेतृत्वको उक्त कार्यदलमा उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल रहेका छन्।आगामी माघ ११ गते १९ स्थानका लागि हुने निर्

कांग्रेस बैठक बीचमै छाडेर निस्किए शेखर

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाली कांग्रेस संसदीय बोर्डको बैठक अहिले बसिरहेको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा सिट बाँडफाँटबारे विवाद भएपछि शेखर कोइराला निस्किएका छन् । आफ्नो समूहले माग गरे अनुसार ४ सिट दिन संस्थापन पक्ष तयार नभए पछि कोइराला बैठक नै छाडेर हिँडेका हुन् । शेखर पक्षले बागमती […]

राष्ट्रिय सभा उपनिर्वाचनका लागि एमालेबाट कुमार दसौदी उम्मेदवार

१० माघ, दाङ । लुम्बिनीमा हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेले कुमार दसौंदीलाई उम्मेदवार चयन गरेको छ । उनलाई नेकपा माओवादी केन्द्रसहित सत्तारुढ दलको समर्थन रहनेछ । २५ माघमा हुने उपनिर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयनको कार्यतालिका छ । नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले निर्वाचन कार्यतालिका अनुसार ११ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर […]

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमाले स्थायी कमिटी बैठक अहिले केहीबेरमा बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको नेता सत्यनारायण मण्डलले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार चयन लगायत विषयमा छलफल हुने जनाइएको छ ।

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमाले स्थायी कमिटी बैठक अहिले केहीबेरमा बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको नेता सत्यनारायण मण्डलले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार चयन लगायत विषयमा छलफल हुने जनाइएको छ ।