तारा एयरको पोखरा-जोमसोम उडान स्थगित

तारा एयरको पोखरा-जोमसोम-पोखरा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको तारा एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै तारा एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि पोखरा(जोमसोम(पोखरा उडान स्थगित गरिएको जनाएको छ । पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको विमान आइतबार दुर्घटनामा परेको थियो । दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरूको शव आज मात्रै आफन्तलाई बुझाइएको छ । सरकारले उक्त विमान दुर्घटनाका विषय