कोरोना अपडेट : चार संक्रमितको मृत्यु, २३५ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २ सय ३५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ९ हजार ८४ जनामा गरिएको परीक्षणमा २ सय  ३५ जना संक्रमित थपिएका हुन्। आज ४ जना संक्रमितको मृत्यु भएको छ।  आज २ सय १२ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर ४ हजार ८ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै गत २४ घण्टामा देशभर एक लाख ३९ हजार १ सय ५२ जनाले कोरोना विरुद्धको  खोप लगाएका मन्त्रालयले जनाएको छ।&nb

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।