ह्यारी भण्डारीलाई मेरिल्याण्डकी सभामुखको समर्थन, नेपालीहरू थप उत्साहित

अमेरिकामा नेपाली समुदायबाट निर्वाचित एक मात्र हाउस अफ रिप्रेजेन्टेन्टिभ्स डा. ह्यारी भण्डारीले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीको मेरिल्याण्ड राज्यकी सभामुख एड्रिन जोन्सले समर्थन गरेकी छिन् । बुधबार साँझ आयोजित भर्चुअल जुम मिटिङलाई सम्बोधन गर्दै उनले आफ्नो समर्थन जनाएकी हुन् । बैठकमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले भनिन्, ‘डा. ह्यारी भण्डारी मेरिल्याण्ड हाउसको एक प्रभावशाली डेलिगेट हुनुहुन्छ । उहाँले आफ्नो समुदायलाई धेरै दिन सक्नुहुन्छ । उनले पहिलो कार्यकालमा निर्वाह गर्नुभए