राजनीतिकरूपमा दुई चिरा परेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षले दलको आधिकारिकता दाबी प्रक्रियाअनुसार नगरेपछि विवाद निरुपण गर्ने निर्वाचन आयोगको काममा अवरोध पुगेको छ ।
पुस ५ गते मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले संसद् भंग गरेको घोषणा गरेपछि नेकपा केपी शर्मा ओलीको नेतृत्वमा रहेको एउटा समूह र पुष्पकमल दाहाल 'प्रचण्ड' तथा माधवकुमार नेपालको नेतृत्वमा रहेको अर्को समूह गरी दुई समूहमा विभक्त भएको थियो ।
दुवै समूहले सार्वजनिक वक्तव्यमा आफू नै आधिकारिक भएको दाबी गर्दै आएका छन् । तर निर्वाचन आयोगमा भन...