म्याग्दीमा ४० प्रतिशत मत खस्यो

म्याग्दी– प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि जारी मतदानमा म्याग्दीमा ४० प्रतिशत मत खसेको छ । दिउँसो १२ बजेसम्म  म्याग्दीमा ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।  म्याग्दीमा एक सय २० वटा मतदान केन्द्र छन् । सबै केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।  म्याग्दीमा ८६ हजार मतदाता छन् । म्याग्दीमा प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई वटा निर्वाचन क्षेत्र छन् ।

सम्बन्धित सामग्री

स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा म्याग्दीमा मालपोतको राजस्व घट्यो

म्याग्दी । जिल्ला मालपोत कार्यालय म्याग्दीको घरजग्गाको कारोबारबाट एक वर्षको अवधिमा रु चार करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा रु ४ करोड ६८ लाख २१ हजार दुई राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । मालपोत कार्यालय म्याग्दीका निमित्त प्रमुख कलादेवी शर्मा रिजालले अघिल्लो वर्षको तुलनामा ३६ लाख ६३ हजार नौ ९०८ कम राजस्व सङ्कलन भएको बताए । “स्थानीय तहले जग्गाको वर्गीकरण नगरेकाले गत आर्थिक वर्षमा कित्ताकाट भएन, । यसको असर घरजग्गाको कारोबार र राजस्व सङ्कलनमा परेको छ,” उनले भने,“जग्गाको कित्ताकाट नखुल्दा घरजग्गाको कारोबार र अंशबण्डा रोकिएको छ ।” आर्थिक वर्ष २०७८/७९ मा रु पाँच करोड चार लाख ८४ हजार ९१०, २०७७/७८ मा रु ५ करोड ११ लाख तीन हजार ६०० र २०७६/७७ मा रु ३ करोड २९ लाख ४३ हजार ८०६ राजस्व सङ्कलन भएको थियो । घरजग्गाको रजिष्ट्रेशनबाट रु २ करोड ४३ हजार आठ सय १६, न्यायिक दस्तुर दण्डजरिवाना र जफत शीर्षकमा रु १२ लाख ३८ हजार ४२०, सेवा शुल्क/अन्य प्रशासनिक दस्तुरमा रु ६६ लाख ५२ हजार ७००, रोक्का दस्तुर/घर कायमबाट रु ८२ हजार २०० र पुँजीगत लाभकर रु एक करोड ८८ लाख तीन हजार आठ सय ६६ राजस्व सङ्कलन भएको छ । रजिष्ट्रेशन शुल्क अन्तर्गतको राजस्व रकममध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई उपलब्ध गराइएको छ । रजिष्ट्रेशन तर्फ ग्रामीणको पाँच सय ३३ र सहरीको दुई सय ११ गरी कूल सात सय ४४ लिखत पारित भएको छ । मुद्दा शाखामा तीन सय ८८ नामसारी, १५ संशोधन र ६८ वटा श्रेष्ता कायमसहित पाँच सय ५६ मुद्दा दर्ता भएकोमा चार सय ९८ को फर्छौट भएको छ । गत वर्ष २४३ महिला र २७ दलितको नाममा घरजग्गा रजिष्ट्रेसन गरेबापत छुट पाएका छन् । महिलाले रु २५ लाख ४१ हजार एक सय ४१ र दलितले रु एक लाख ६३ हजार तीन सय बराबरको छुट पाएका हुन् ।  २० सरकारी निकायले रु सात लाख ३२ हजार छ सय ६८ र तीन विद्यालयले रु १९ हजार पाँच ४० छुट पाएका छन् । बेनी नगरपालिकाले मात्र म्याग्दीमा जग्गाको वर्गीकरण गरेको छ । अन्य ५ स्थानीय तहले जग्गाको वर्गीकरण गरेका छैनन् । स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा गत आर्थिक वर्षदेखि अंशबन्दा र घरजग्गाको कारोबार रोकिएको छ ।रासस

४० प्रतिशत उम्मेदवारले मात्र चुनाव खर्चको बुझाए विवरण

म्याग्दीमा ४० प्रतिशत स्थानीय तह निर्वाचनका उम्मेदवारले मात्र चुनाव खर्च विवरण बुझाएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उम्मे्दवार बनेका सात सय १८ जनामध्ये दुई सय ८६ ले मात्र खर्च विवरण बुझाएका छन् ।

४० प्रतिशत उम्मेदवारले मात्र चुनाव खर्चको बुझाए विवरण

म्याग्दीमा ४० प्रतिशत स्थानीय तह निर्वाचनका उम्मेदवारले मात्र चुनाव खर्च विवरण बुझाएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उम्मे्दवार बनेका सात सय १८ जनामध्ये दुई सय ८६ ले मात्र खर्च विवरण बुझाएका छन् ।

म्याग्दीमा १० ओटा मोटरेबल पुल निर्माणाधीन

म्याग्दी । जिल्लामा संघीय र प्रदेश सरकारमार्फत १० मोटरेबल पुल निर्माणाधीन छन् । पूर्वाधार विकास कार्यालयमार्फत हालै अन्नपूर्ण गाउँपालिकाको वडा नं ७ र ८ को सिमानामा पर्ने संसारीखोलामा १६ मिटर लामो सडक पुल निर्माण भएको छ । मालिका र धवलागिरि गाउँपालिकाको सिमानामा बन्न लागेको ४० मिटर लामो भारबाङखोला मोटरेबल पुलको ६५ प्रतिशत र अर्कलाकोे मराङखोलामा निर्माणाधीन २५ मिटर लामो पुलको ४० प्रतिशत प्रगति भएको छ । मालिका गाउँपालिकाको छ्यारछ्यारेमा ४० मी लामो ट्रस प्रविधिको मोटरेबल पुलको दुईतर्फ फाउण्डेशन खनिएको पूर्वाधार विकास कार्यालयका इञ्जीनियर सन्तोष अर्यालले जानकारी दिए । पुनर्निर्माण प्राधिकरणले अन्नपूर्णको ५ र ६ नं वडाको सिमाना घारखोलामा २५ मिटर लामो पुल निर्माणाधीन रहेको बताएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना राहुघाट नदीमाथि ४० मिटर लामो मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । अन्नपूर्णका घट्टेखोलामा गत वर्ष ४० मिटर लामो मोटरेबल पुल निर्माण गरेको आयोजनामार्फत सञ्चालित रुप्सेखोला मोटरेबल पुलमा बाढीले क्षति पु¥याएपछि रोकिएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टरले बेनी–जोमसोम सडकअन्तर्गत अन्नपूर्णको महभिर र पोखरेबगरमा दुई मोटरेबल पुल निर्माण अन्तिम चरणमा पु¥याएको छ । ८०÷८० मी लामो दुईओटै पुल निर्माणका लागि विसं २०७४ मा हिम सगरमाथा–डाँफे–बज्रगुरु जेभीले रू. १९ करोडमा ठेक्का लिएका थिए । सबै संरचना निर्माण सकिएको दुईओटै पुलमा पहुँचमार्गले जोडेर रङरोगन गरी दशैंअघि नै सञ्चालनमा ल्याउने तयारी भएको छ । सोही कार्यालयमार्फत रघुगंगा गाउँपालिकाको बेगखोलामा ७० मिटर लामो मोटरेबल पुल बनाउन आह्वान गरिएको ठेक्काको प्रस्ताव मूल्यांकनको क्रममा रहेको इञ्जिनियर आशिक रिजालले बताए । मंगला गाउँपालिकाको बरङ्जा र अर्मनका तीनओटा वडालाई सिधा सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा निर्माणाधीन दुईओटा मोटरेबल पुल यसै आवभित्र सम्पन्न हुँदै छन् । सडक डिभिजन कार्यालय बागलुङले दुईओटै पुल निर्माण गर्न २०७५ पुसमा लुम्बिनी–प्राकृतिक जेभीसँग रू. २२ करोडमा ठेक्का सम्झौता गरेको थियो । ८० मिटर लम्बाइ भएको माटेबगर–अर्मन जोड्ने पुलको ५५ र ११७ मिटर लम्बाइको फापरखेत–पखेर जोड्ने पुलको ६० प्रतिशत निर्माण सकिएको कार्यालयले जानकारी दिएको छ । संसारीखोला बाहेकका जिल्लाका मोटरेबल पुल निर्धारित समयभित्र निर्माण सकिएका छैनन् । पर्याप्त मात्रामा उपकरण, मजदूर परिचालन गर्न, निर्माण सामग्री जुटाउन नसकेका निर्माण व्यवसायीले डिजाइन, कोरोनाको जोखिम, निषेधाज्ञा र प्राकृतिक प्रकोपको कारणले ढिलासुस्ती भएको बताएका छन् । रासस

म्याग्दीमा १० ओटा मोटरेबल पुल निर्माणाधीन अवस्थामा

भदौ १३, म्याग्दी । जिल्लामा संघीय र प्रदेश सरकारमार्फत १० मोटरेबल पुल निर्माणाधीन छन् । पूर्वाधार विकास कार्यालयमार्फत हालै अन्नपूर्णको वडा नं ७ र ८ को सिमानामा पर्ने संसारीखोलामा १६ मिटर लामो सडक पुल निर्माण भएको छ । मालिका र धवलागिरि गाउँपालिकाको सिमानामा बन्न लागेको ४० मिटर लामो भारबाङखोला मोटरेबल पुलको ६५ प्रतिशत र अर्कलाकोे मराङखोलामा निर्माणाधीन २५ मिटर लामो पुलको ४० प्रतिशत प्रगति भएको छ ।  मालिका गाउँपालिकाको छ्यारछ्यारेमा ४० मी लामो ट्रस प्रविधिको मोटरेबल पुलको दुईतर्फ फाउण्डेशन खनिएको पूर्वाधार विकास कार्यालयका इञ्जीनियर सन्तोष अर्यालले जानकारी दिए । पुनर्निर्माण प्राधिकरणले अन्नपूर्णको ५ र ६ नं वडाको सिमाना घारखोलामा २५ मिटर लामो पुल निर्माणाधीन रहेको बताएको छ ।  बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना राहुघाट नदीमाथि ४० मिटर लामो मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । अन्नपूर्णका घट्टेखोलामा गत वर्ष ४० मिटर लामो मोटरेबल पुल निर्माण गरेको आयोजनामार्फत सञ्चालित रुप्सेखोला मोटरेबल पुलमा बाढीले क्षति पुर्‍याएपछि रोकिएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टरले बेनी–जोमसोम सडकअन्तर्गत अन्नपूर्णको महभिर र पोखरेबगरमा दुई मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुर्‍याएको छ । ८०/८० मी लामो दुईओटै पुल निर्माणका लागि विसं २०७४ मा हिम सगरमाथा–डाँफे–बज्रगुरु जेभीले रू. १९ करोडमा ठेक्का लिएका थिए । सबै संरचना निर्माण सकिएको दुईओटै पुलमा पहुँचमार्गले जोडेर रङरोगन गरी दशैँअघि नै सञ्चालनमा ल्याउने तयारी भएको छ । सोही कार्यालयमार्फत रघुगंगा गाउँपालिकाको बेगखोलामा ७० मिटर लामो मोटरेबल पुल बनाउन आह्वान गरिएको ठेक्काको प्रस्ताव मूल्यांकनको क्रममा रहेको इञ्जीनियर आषिक रिजालले बताए । मंगला गाउँपालिकाको बरङ्जा र अर्मनका तीनओटा वडालाई सिधा सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा निर्माणाधीन दुई ओटा मोटरेबल पुल यसै आवभित्र सकिँदैछन् । सडक डिभिजन कार्यालय बागलुङले दुईओटै पुल निर्माण गर्न विसं २०७५ पुसमा लुम्बिनी–प्राकृतिक जेभीसँग रू. २२ करोडमा ठेक्का सम्झौता गरेको थियो ।  असी मिटर लम्बाइ भएको माटेबगर–अर्मन जोड्ने पुलको ५५ र ११७ मिटर लम्बाइको  फापरखेत–पखेर जोड्ने पुलको ६० प्रतिशत निर्माण सकिएको कार्यालयले जानकारी दिएको छ । संसारीखोलाबाहेकका जिल्लाका मोटरेबल पुल निर्धारित समयभित्र निर्माण सकिएका छैनन् । पर्याप्त मात्रामा उपकरण, मजदूर परिचालन गर्न, निर्माण सामग्री जुटाउन नसकेका निर्माण व्यवसायीले डिजाइन, कोरोनाको जोखिम, निषेधाज्ञा र प्राकृतिक प्रकोपको बाहना देखाएर ढिलासुस्ती गरेका छन् । रासस

किराको प्रकोपले म्याग्दीमा करिब ४० प्रतिशत सुन्तलको उत्पादन

म्याग्दीमा यसवर्ष विगतको तुलनामा सुन्तला उत्पादन घट्ने भएको छ। चाईनीज सिडरस फुड फ्लाई (औंसा) नामक किराको प्रकोपका कारण सुन्तला उत्पादनमा कमी आउने देखिएको हो।

म्याग्दीमा ४० प्रतिशत रोपाइँ सकियो

धान रोपाइँका लागि उपयुक्त मानिने वर्षातकाे समय असार १५ बितिसक्दा हिमाली जिल्ला म्याग्दीमा ४० प्रतिशत रोपाइँ भएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीको अधिकांश ठाउँमा रहेका खेतहरूमा धान रोपाइँ गरिएको हो । यसवर्ष समयमै मनसुन सुरु भएको हुँदा जिल्लाको अधिकांश ठाउँमा रोपाइँ भैरहेकाले हालसम्म जिल्लामा ४० प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

म्याग्दीमा मध्यान्नसम्म ४० प्रतिशत मतदान

मुख्य जिल्ला निर्वाचन अधिकृतका अनुसार म्याग्दीमा मध्यान्न १२ बजेसम्म करिव ४० प्रतिशत मतदान भएको छ । मतदान शान्तिपूर्ण रुपमा भैरहेको छ ।