नर्सिङ र मिडवाफ्री लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले यही चैत १२ गते लिएको नर्सिङ र मिडवाइफ्रीतर्फको नाम दर्ता लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । नर्सिङतर्फको लाइसेन्स परीक्षामा सहभागी भएका एक हजार ४७१ जनामध्ये ८०७ जना उत्तीर्ण भएका छन् । मिडवाइफ्रीतर्फ भने तीनजना सहभागी भएकामा सबै उत्तीर्ण भएका छन् । नतिजा हेर्न यहाँ क्लिक गर्नोस्