फिफा रेफ्री राई एएफसी एलिट महिला रेफ्री प्यानलमा समावेश

फिफा रेफ्री अञ्जना राईलाई एएफसी महिला रेफ्री र सहायक रेफ्री छनोट कोर्स पूरा गरेपछि एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश गरेको छ । एएफसीले शुक्रबार राईलाई समावेश गरेकोसम्बन्धी पत्र एन्फालाई पठाएको हो ।राईलाई एएफसी एलिट रेफ्री तयारी कोर्समा आमन्त्रित गरिनेछ । कोर्स नोभेम्बरमा तय गरिएको छ । राईले २०२१ मा फिफा रेफ्री ब्याच प्राप्त गरेकी थिइन् । 

सम्बन्धित सामग्री

अञ्जना एएफसी महिला एलिट र सहायक रेफ्री प्यानलमा

काठमाडौं । नेपालकी फिफा रेफ्री अञ्जना राई एएफसी एलिट वुमन रेफ्री तथा सहायक रेफ्री प्यानल २०२२ मा समावेश भएकी छिन् । अञ्जनाले एएफसी महिला रेफ्री र सहायक रेफ्री कोर्स पूरा गरेपछि उक्त प्यानलमा पर्न सफल भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।  अञ्जनालाई एएफसी एलिट वुमन रेफ्री तथा सहायक...

रेफ्री प्यानल २०२२ मा अञ्जनाको समावेशिता

काठमाडौँ– एएफसी एलिट महिला रेफ्री तथा एसिस्टेन्ट रेफ्री प्यानल २०२२ मा फिफा रेफ्री अञ्जना राईलाई समावेश गरिएको छ ।  एएफसी महिला रेफ्री तथा सहायक रेफ्री छनोट कोर्सको समापनपश्चात् अन्जनालाई प्यानलमा समावेश गरिएको हो । गत शुक्रबार एएफसीले अञ्जनाको समावेशिताबारे अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र पठाएको थियो । सो समावेशिताअनुरूप अञ्जनालाई नभेम्बरमा सुरु हुने एएफसी […]