अहिले फलहरुको राजा आँपको सिजन हो । बजारमा थरीथरीका आँप किन्न पाइन्छ । आँप खाँदा स्वादिलो हुनुकासाथै यसबाट शरीरलाई चाहिने भिटामिन ए, बी, सी, रेशा लगायतका पोषक तत्वहरु पनि पाइन्छ । तर धेरै खाँदा यसले उल्टै शरीरलाई नै असर गर्छ।
आँप खाने तरिका पनि फरकफरक हुन्छ । आँपलाई काटेर, जुस बनाएर वा अचार बनाएर पनि खान मिल्छ । तर बजारबाट किनेर ल्याएको आँप खानुअघि कम्तीमा १२ घण्टा सफा पानीमा डुबाएर राख्नु पर्छ । बजारमा विषादी प्रयोग गरेर पकाएका आँप पनि भेटिन्छन् । आँपलाई पानीमा डुबाएर राख्दा आँपमा रहेको विषादी निस्केर जाने स...