‘बागलुङको बजार, पधेर्नीलाई दुःख हजार’

बागलुङको बजार, पधेर्नीलाई दुःख हजार’ पूर्व बग्ने कालिगंगा, पश्चिम काँठेखोला  थाप्लो माथिको बागलुङ्गेले कहिले फेर्ने चोला  बागलुङको बजार, पधेर्नीलाई दुःख हजार कुखुराको भाले बासो हे पधेर्नी उठ पधेरामा भइसक्यो पानी लुटालुट बागलुङको बजार, पधेर्नीलाई दुःख हजार जनकवि केशरी धर्मराज थापाले २०२३ सालमा तत्कालीन धौलागिरी अञ्चलको अञ्चलाधीसको कार्यालय (हालको जिल्ला प्रशासन कार्यालय) बागलुङको प्राङ्गणमा गाउनुभएको गीत हो यो । जनकवि केशरी धर्मराज थापा बागलुङको जिल्ला भ्रमणमा आएका बेला बागलुङ बजारमा भए...