धनकुटाका सातमध्ये चार स्थानीय तहले ल्याए बजेट

सात स्थानीय तह रहेको धनकुटाका चार वटा स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् । तीन स्थानीय तहले भने विवादका कारण बजेट प्रस्तुत गर्न नसकेको जनाएका छन् ।धनकुटाको छथरजोरपाटी गाउँपालिका, शहिदभूमी गाउँपालिका, चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् भने धनकुटा नगरपालिका, पाख्रिवास नगरपालिका र साँगुरीगढी […]

सम्बन्धित सामग्री

दाङका सबै पालिकाले ल्याए बजेट

जिल्लाका १० वटै स्थानीय तहले बजेट ल्याएका छन् । असार १० भित्र बजेट ल्याइ सक्नु पर्ने भए पनि अघिकाश स्थानीय तहले असार १० मा नै बजेट ल्याउने गरेका छन् । जिल्लाका ८ वटा स्थानीय तहले आइतवार बजेट ल्याएका हुन । २ वटा स्थानीय तह शुक्रवार नै बजेट ल्याएका थिए । घोराही उप महानगरपालिकाले आगामी आर्थिक […]

२०७ स्थानीय तहले ल्याउनै सकेनन् बजेट

नयाँ आर्थिक वर्ष सुरु भएको तीन दिन पूरा भए पनि हालसम्म २०७ स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन् । संविधानअनुसार स्थानीय तहले असार दोस्रो साताभित्रै बजेट पेश गर्नुपर्ने व्यवस्था छ । संविधानअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार १ गते प्रदेश सरकार र असार १० गते स्थानीय तहले बजेट पेश गर्नुपर्ने व्यवस्था छ । कूल ७५३ स्थानीय तहमध्ये ५४६ स्थानीय तहले चालु आवको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको भए पनि २०७ स्थानीय तहले विभिन्न कारणले गर्दा बजेट प्रस्तुत नै गर्न सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये १०७ स्थानीय तहले बजेट ल्याइसकेका छन् । सो प्रदेशका ३० स्थानीय तहले भने हालसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् । कूल १३६ स्थानीय तह भएको मधेस प्रदेशका ६५ स्थानीय तहमा विवादका कारण चालु आवको बजेट नै प्रस्तुत हुन सकेको छैन । उक्त प्रदेश मातहतका ७१ स्थानीय तहले भने असारको दोस्रो साता नै बजेट प्रस्तुत गरेका थिए । सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशका पनि ३४ स्थानीय तहको बजेट तोकिएको समयमा पेश हुन सकेको छैन । सो प्रदेशको कूल ३४ स्थानीय तहमा बजेट पेश भएको छैन । कूल ११९ स्थानीय तहमध्ये ८५ स्थानीय तहले भने तोकिएको समयमा नै चालु आवको नीति तथा कार्यक्रम र बजेट पेश गरिएको थियो । गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ७६ स्थानीय तहले बजेट प्रस्तुत गर्दा नौ तहको भने बाँकी देखिन्छ । लुम्बिनी प्रदेशका कूल १०९ स्थानीय तहमध्ये ८४ वटाले बजेट ल्याएका छन् भने २५ वटाको हालसम्म सुुरसार नै देखिँदैन । केहीको भने विवाद देखिएको छ । कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये ६० वटाले बजेट ल्याए भने १९ वटाको अझै बाँकी देखिन्छ । सुदूरपश्चिम प्रदेशको कूल ८८ स्थानीय तहमध्ये ६३ वटाले बजेट ल्याउँदा २५ वटाको अझै पनि बाँकी छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असार ३१ गते नै बजेट स्वीकृत भएको विवरण अध्यावधिक गराउन सबै स्थानीय तहलाई आग्रह गरिसकेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ उपदफा ६ बमोजिम नगर वा गाउँ सभाले असार मसान्तभित्र आगामी आवको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ तर, ती स्थानीय तहले हालसम्म पनि यसअनुसार बजेट प्रस्तुत गरेका छैनन् ।

गोरखाका कुन स्थानीय तहले कति बजेट ल्याए?

दुई नगरपालिका सहित ११ स्थानीय तह रहेको गोरखामा आगामी वर्षका लागि बजेट ल्याएका छन्।

स्थानीय तह बजेट : ७०० ले ल्याए, ५३ को स्थगित

काठमाडौँ । देशका ७ सय ५३ स्थानीय तहमध्ये आगामी आर्थिक वर्ष ०७९/८० का लागि शुक्रबार ७ सयले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । विभिन्न किचलो र तयारी नपुग्दा आदि कारणले ५३ वटाले पूर्वनिर्धारित मितिमा बजेट ल्याएनन् । स्थानीय तहले हरेक आर्थिक वर्षको असार १० मा नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने स्थानीय सरकार सञ्चालन […]

सुदूरपश्चिमका स्थानीय तहले ल्याए बजेट

सुदूरपश्चिम प्रदेशका स्थानीय तहले आगामी वर्षका लागि बजेट ल्याएका छन् । सुदूरपश्चिममा ८८ स्थानीय तह रहेकोमा अधिकांश पालिकाले बजेट प्रस्तुत गरेको अनुमान छ । संवैधानिक व्यवस्थाअनुसार नगर तथा गाउँपालिकाका उपप्रमुख÷उपाध्यक्षले आगामी वर्षको अनुमानित आय व्यय विवरण नगर तथा गाउँ सभामा प्रस्तुत गरेका छन् । शुक्रबार प्रस्तुत गरिएको बजेटमाथिको छलफल भने केही दिनसम्म जारी रहनेछ । सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी १३ पालिका रहेको कैलालीका सबै स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । विगतमा मोहन्याल गाउँपालिकाले बजेट प्रस्तुत गर्न सकेको थिएन ।

स्थानीय तहले ल्याए बजेट

मधेश प्रदेशभित्रका स्थानीय तहले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् । प्रदेशमा महानगरपालिका एक, उपमहानगरपालिका तीन, नगरपालिका ७३ र गाउँपालिका ५१ गरी १३६ वटा स्थानीय तह रहेका छन् ।

६ महानगरपालिकामा कसले कस्तो बजेट ल्याए ?

कुल ७५३ स्थानीय तहहरु मध्ये ६ वटै महानगरपालिकाहरुले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० को अनुमानित आय व्ययसहितको बजेट ल्याएका छन् । संविधानतः अन्तरसरकारी वित्त व्यवस्था ऐन, २०७२ अनुसार स्थानीय तहले आर्थिक वर्षको बजेट अघिल्लो वर्षको असार १० गतेभित्र ल्याइसक्नुपर्छ । सोही व्यवस्था बमोजिम शुक्रबार ६ महानगरपालिकाले नगर सभामार्फत बजेट सार्वजनिक गरेका हुन् । मूलतः यतिखेर ६ वटा महानगरपालिकाले कस्तो बजेट ल्याए ? सबैको चासोको विषय बनेको छ । खासगरी स्थानीय तह निर्वाचन, २०७९ पछि निर्वाचित नयाँ जनप्रति

पाँच महानगरले ल्याए ४४ अर्बको बजेट, कहाँको के विशेषता ?

आगामी आर्थिक वर्षका लागि शुक्रबार देशका अधिकांश स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । देशका ठूला स्थानीय तह  महानगरपालिका सबैले बजेट प्रस्तुत गरेका छन् ।

२ उपमहानगर र दर्जनौं स्थानीय तह बजेटविहीन

संघीय सरकारको बजेट पारित भएकै दिन देशभरका स्थानीय तहले बजेट ल्याएका छन् । ७५३ स्थानीय तहमध्ये सबै महानगरपालिकाले बजेट ल्याए पनि २ उपमहानगरपालिकासहित दर्जनौं स्थानीय तहले भने मंगलबारसम्म बजेट ल्याउन सकेनन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम स्थानीय तहले असार १० गते भित्र स्थानीय तहको सभामा आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुपर्ने नियम छ । वीरगन्ज महानगरले भने सोमबार नै बजेट सार्वजनिक गरिसकेको छ । बाँकी ५ महानगरसहित ९ उपमहानगरपालिकाले मंगलबार बजेट सार्वजनिक गरेका हुन् ।