संसद्को चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य

काठमाडौँ– संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आजै राति १२ः०० बजेदेखि अन्त्य हुने भएको छ । संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको असोज २ गतेका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रियसभाद्वारा जारी सूचनापत्रमा उल्लेख छ । नेपालको संविधानअनुसार राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदन आजदेखि अन्त्य हुन लागेको हो ।

सम्बन्धित सामग्री

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

गण्डकी – गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजै रातको १२ः०० बजेदेखि चालु अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बाग्मती प्रदेशकाे चालु अधिवेशन राति १२ बजेदेखि अन्त्य

काठमाण्डाै – बाग्मती प्रदेशको चालु अधिवेशन आज बुधवार राति १२ बजेदेखि अन्त्य हुने भएको छ । आज मन्त्रिपरिषद्ले पठाएको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बाग्मती प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको हो । प्रदेश प्रमुख सचिवालयबाट बैठक अन्त्य भएको सूचना प्रदेश सभामा प्राप्त भएको प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो । प्रदेश सभाको दोस्रो कार्यकालको पहिलाे बैठक गएकाे पुस १८ गते बसेकाे थियाे ।

बागमती प्रदेशसभा : चालु अधिवेशन बैठक राति १२ बजेदेखि अन्त्य

बागमती प्रदेशको चालु अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्ले बुधबार पठाएको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन्। प्रदेश प्रमुख सचिवालयबाट बैठक अन्त्य भएको सूचना प्रदेशसभामा प्राप्त भएको प्रमुख सचिव कृष्णहरि खड्काले राससलाई बताए। प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम बैठक गत पुस १८ गतेदेखि सुरु भई […]

सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य

नेपाल सरकार मन्त्रिपरिषद्को आजको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।...

राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौँ– संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ। संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको जनाएको छ। अधिवेशन अन्त्य भएसँगै बुधबारका लागि तोकिएको प्रतिनिधि सभा […]

संसदको चालु अधिवेशन अन्त्यको तयारी

काठमाडौँ । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्यको तयारी गरेको छ । बिहीबार दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्न सक्ने एक मन्त्रीले बताए । मन्त्रालयका एक अधिकारीले भने, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले पनि सरकारले संसदको चालु अधिवेशन अन्त्यको तयारी गरेको जानकारीमा रहेको बताएको छ । बुधबारसम्मको […]

संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं। संसदको चालु अधिवेशन अन्त्य भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकी हुन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिले संसद अन्त्य गरेको पत्र पढेर सुनाएका थिए। चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको छ। सर्वोच्च अदालतबाट पुनस्र्थापित संसदकोे आठौं अधिवेशनको साउन ३ गतेदेखि ३२ गतेसम्म गरी जम्मा २९ दिन चालु रह्यो।

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम आज राति १२ बजेदेखि लागू हुने गरी मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेकी हुन् ।राष्ट्रियसभाको आजको बैठकले असार २९ गते दिनको ३ बजे बस्ने गरी निर्धारण भएको बैठकसमेत स्वतः अन्त्य भएको छ । बैठक स्वतः अन्त्य भएको सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमद्वारा सोमबार जारी सूचनापत्रमा उल्लेख छ । राष्ट्रियसभाको चालु आठौं अधिवेशन असार १७ गते आह्वान भएको थियो ।अधिवेशनका क्र

राष्ट्रियसभाको चालु अधिवेशन सकियो

काठमाडौं। राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३(२) बमोजिम अधिवेशन अन्त्य गरेकी हुन्। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सोमबार जारी सूचनामा आज राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको उल्लेख गरेका छन्। साथै मंगलबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरिएको बैठक पनि स्वत्तः अन्त्य भएको जनाइएको छ।