जीवन धान्न रिक्सा चलाउँछन् एचआईभी संक्रमित

बैतडीको पुर्चौडीमा जन्मिएका रामबहादुर (परिवर्तित नाम) एसएलसी उत्तीर्ण गरेर गाउँकै स्कुलमा पढाइरहेका थिए । गाउँमा निर्दल र बहुदल पक्षधरबीच चर्को द्वन्द्व थियो । उनी त्यसबाट अछुतो रहने कुरै थिएन । ०३६ सालको जनमत संग्रहपछि उनलाई बहुदल पक्षधरको आरोपमा २ दिन टाढाको अर्को विद्यालयमा सरुवा गरियो ।