मौद्रिक नीतिको समीक्षामा चेम्बरको असन्तुष्टी, ‘तरलताको दीर्घकालीन समस्या समाधान हुँदैन’

मंसिर १०, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले चालू आव २०७८/ ७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सम्बन्धमा ध्यानाकर्षण भएको बताएको छ ।    चेम्बरले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै समीक्षामा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशत यथावत राखी २०७९ असार मसान्तसम्ममा निर्धारित सिमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र वैंक समक्ष  प्रस्तुत गर्ने व्यवस्था आएको  र यसले तरलताको दीर्घकालीन समस्या समाधान नगर्ने बताएको छ ।  साथै उसले तरलता व्यवस्थापनका लागि सीसीडी रेसियो विगतका वर्षहरुमा झैं ८५ प्रतिशत कायम वा  सिडी रेसियोलाई ९५ प्रतिशत पुर्‍याउनु पर्छ भन्ने आफ्नो धारणा रहेको बताएको छ ।   ‘विदेशी विनिमय सञ्चितीको विद्यमान स्थितीलाई दृष्टिगत गरी तोकिएका बस्तुहरुको आयात पत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले आयातलार्ई नियन्त्रण गर्न खोजिएको भएतापनि आवश्यक र अत्यावश्यक बस्तुहरु नपरुन्’, चेम्बरको विज्ञप्तिमा भनिएको छ ।   चाँदी आयातका लागि अधिकतम ३५ हजार डलरको सीमाले गरगहनाको निर्यात, हस्तकला आदिको निर्यातमा गम्भिर असर गर्ने तथा यी उद्योगहरुमा कालिगढहरुको पनि रोजगारी गुम्ने जोखिम बढाएको उसले भनेको छ ।  विज्ञप्तिमा व्यवसायिक कृषि, उत्पादनमुलक उद्योग पूर्वाधार निर्माण र पर्यटनसंग सम्वन्धित नेपाली उद्यमी व्यवसायीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा ल्याउन सक्ने व्यवस्था मिलाईएको स्वागत योग्य छ । तर हेजिङ सम्वन्धी नीतिको उचित व्यवस्था नभई यो प्रभावकारी हुन सक्दैन । सोको लागि हेजिङ नीतिको व्यवस्था हुनुपर्ने  बताएको छ ।

सम्बन्धित सामग्री

प्रसारण लाइनको समस्या समाधान हुने

दमौली– तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको समस्या समाधान गर्ने सहमतिले कामले गति लिने विश्वास गरिएको छ । उर्जा, जलस्रोत तथा सिँंचाइमन्त्री शक्तिबहादुर बस्नेत र वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोबीच भएको भेटमा आयोजनाको प्रसारणलाइन निर्माणमा देखिएको समस्या समाधान गर्ने सहमति भएको थियो । आयोजनाको प्याकेज तीनअन्तर्गतको प्रसारणलाइन […]

नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ : मन्त्री राई

काठमाडाैं । विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताउनुभएको हो । “हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार […]

नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ :मन्त्री राई

विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताउनुभएको हो । “हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ”, […]

‘नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्छ’

काठमाडौँ– विना विभागीयमन्त्री राजेन्द्रकुमार राईले नयाँ सरकारले व्यवसायीको समस्या समाधान गर्ने बताएका छन्। राष्ट्रिय व्यापार सङ्घको १८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ सरकार कटिबद्ध रहेको बताएका हुन् । ‘हामी समृद्धिको यात्रामा छौँ, व्यवसायीले तिरेको करबाट मुलुक चलेको हो, व्यवसायीको समस्या समाधान गर्न नयाँ सरकार कटिवद्ध छ’, […]

भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध : अध्यक्ष निरौला

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिसम्बन्धी सबै खाले समस्या समाधान गर्न आयोगले काम गरिरहेको बताएका छन् । झापाको कमल गाउँपालिकामा आज पालिकासँग भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगसँग सम्झौता आदानप्रदान गर्दै उनले सुकुम्बासीको, भूमिहीन, दलित भूमिहीन र अव्यवस्थित बसोबासीको भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध भएको बताए ।देशैभरि देखिएका भूमि समस्या हटाउन सरकारले जिम्मेवारी दिएको उल्लेख गर्दै अध्यक्ष निरौलाले भने,“भूमि आयोग निष्पक्ष भएर सुकुम्बासी लगायतका भूमिसम्बन्धी समस्या

भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध : अध्यक्ष निरौला

दमक । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिसम्बन्धी सबै खाले समस्या समाधान गर्न आयोगले काम गरिरहेको बताएका छन् । झापाको कमल गाउँपालिकामा आज पालिकासँग भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगसँग सम्झौता आदानप्रदान गर्दै उनले सुकुम्बासीको, भूमिहीन, दलित भूमिहीन र अव्यवस्थित बसोबासीको भूमि समस्या समाधान गर्न आयोग प्रतिबद्ध भएको बताए । देशैभरि देखिएका भूमि समस्या हटाउन […]

न्यायपालिकाको समस्या समाधान कार्यपालिकाबाट: प्रचण्ड

अध्यक्ष दाहालले अहिले सभामुख बाहिर गएको र सभामुख स्वदेश फर्किएलगत्तै बैठक बसेर न्यायपालिकाको समस्या समाधान गर्ने बताए।...

भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न राणाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले बेलायती सरकारसँग वार्ता गरेर भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारको तहबाट समस्या समाधान गर्न राप्रपा अध्यक्ष राणाले आइतबार अनुरोध गरेका हुन् । ‘अनसनरत भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएँ । समस्या समाधानका लागि सरकारले बेलायती सरकारसँग गम्भीर छलफल गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनु भएको छ,’ प्रधानमन्...

नेटवर्कमा देखिएको समस्या समाधान भयो : टेलिकम

काठमाडौँ। नेपाल टेलिकमले आफ्नो नेटवर्कमा देखिएको समस्या समाधान भएको जानकारी दिएको छ । आज बिहानदेखि टेलिकमको प्रिपेड र पोस्टपेड नेटवर्कमा फोन नलाग्ने समस्या समाधान भएको हो । कोर नेटवर्कको एचएलआर प्रणालीमा देखिएको समस्या समाधान भएको टेलिकमले जानकारी दिएको हो ।

अक्सिजन सिलिन्डरको समस्या समाधान – प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सिलिन्डरको अभाव नभएको बताएका छन्। उनले कोरोनाको दोस्रो लहरविरुद्ध लड्न विदेशबाट प्रशस्तमात्रामा सिलिन्डर ल्याएकाले समस्या समाधान भएको बताए। उनले भने, ‘विदेशबाट प्लेनमा सिलिन्डर ल्यायौं। त्यसरी ल्याउँदा प्रतिसिलिन्डर ५० हजारसम्म पर्यो।’ जसकारण अहिले नेपालमा सिलिन्डरको समस्या समाधान भएको ओलीको भनाई छ।