नगर सभाको बैठक लाइभ गर्ने बालेन साहको निर्णय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नगर सभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको शपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् । नगर सभाको पहिलो बैठक सोमबार ४ बजे बोलाइएको छ । बैठकको प्रत्यक्ष प्रसारण गर्ने साहले बताए ।