काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परापर्श समितिको बैठक बोलाएका छन्। संसदमा नयाँ बिजनेसबारे छलफल गर्न वा विशेष निर्णयका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइन्छ।‘प्रतिनिधि सभाको आजको बैठक अघि सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो।बैठक आज बिहान ११ः३० बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने छ। आजको संसद बैठक दिउँसो १ ब