मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । सोमबार मध्यान्ह १२ बजेबाट मतगणना सुरु भएको हो । बिहान ८ बजे बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेपनि एक घण्टा ढिला गरी मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट मतगणना सुरु गरिएको हो ।