कामपाले पारित गर्‍यो ६ कार्यविधि

काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा)ले ६ कार्यविधि संशोधनसहित पारित गरेको छ । ती कार्यविधिमा ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष सञ्चालन २०७८, लैंगिक हिंसा निवारण कोष सञ्चालन २०७८, छात्रवृत्ति २०७८, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण २०७८, सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत २०७८, र राजस्व छूट मिनाहासम्बन्धी २०७८ छन् । हालै सम्पन्न कामपाको ६६औं कार्यपालिका बैठकले यी सबै कार्यविधि पारित गरेको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । इन्द्रजात्रा पर्व संरक्षणमा इन्द्रजात्रा चलाउन आवश्यक पर्ने खर्च र जात्रा सञ्चालनका विषय समावेश छन् । यस कार्यविधिअनुसार अब कामपाको दुई करोड, संघीय सरकारको एक करोड ५० लाख, प्रदेश सरकारको एक करोड र गुठी संस्थानको ५० लाख सहभागितामा पाँच करोडको अक्षय कोष स्थापना हुनेछ ।   लैंगिक हिंसा निवारण कोष सञ्चालन कार्यविधिमा घरेलु हिंसा वा लैंगिक हिंसामा परेका, बेचबिखनमा परेका व्यक्तिको पुनःस्थापनाका लागि सहयोग गर्ने प्रबन्ध गरिएको छ भने छात्रवृत्ति कार्यविधिमा गरिब तथा विपन्न र जेहेनदार विद्यार्थीका उच्च शिक्षा वा विश्वविद्यालय शिक्षाका लागि एकमुष्ट वा किस्तामा छात्रवृत्ति उपलब्ध गराइनेछ । महानगरको ‘शिक्षा ऐन २०७५’ ले संस्थागत विद्यालयहरूले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यविधिले महानगर क्षेत्रभित्र मानिसको बेचबिखन र ओसारपसारलाई नियन्त्रण गर्नेछ । कसैलाई फकाएर, झुक्याएर, लोभमा पारेर, शरीर बन्दक बनाएर, कमजोरीको फाइदा उठाएर, पदको दुरुपयोग गरेर आफूसँग राख्ने, वेश्यावृत्तिमा लगाउने वा लाग्न बाध्य बनाउने, बन्धक बनाएर राख्ने जस्ता प्रवृत्ति रोक्ने काम गर्नेछ ।      सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधिमा निर्माण हुने निजी तथा संस्थागत भवन र निर्माण भइसकेका भवनलाई बाहिरी स्वरूप परिवर्तन गर्न प्रोत्साहन गरिएको छ । यस कार्यविधिअनुसार सम्पदा भवन बनाउन न्यूनतम आठ लाखदेखि अधिकतम ३२ लाख अनुदान दिइनेछ । राजस्व छूट, मिनाहासम्बन्धी कार्यविधिले सार्वजनिक तथा सामुदायिक हितका लागि काम गर्ने व्यक्ति तथा संघसंस्थालाई दिइने कर छूटसम्बन्धी व्यवस्था गरेको छ । रासस

सम्बन्धित सामग्री

यस्तो छ चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्तिको कार्यविधि

सरकारले चिकित्सा शिक्षा आयोगको निर्देशक छनौेटका लागि कार्यविधि तयार पारेको छ।  कार्यविधि अनुसार आयोगको निर्देशक नियुक्तिका लागि तीनवटा योग्यता तोकिएको छ।

बागमती सरकारद्वारा सात कार्यविधि स्वीकृत

मकवानपुर – बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आजको बैठकले सातवटा कार्यविधि स्वीकृत गरेको छ । मुख्यमन्त्री शालिकराम जमट्टेलको अध्यक्षतामा भएको बैठकले चेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा वितरण कार्यविधि, मौलिक चलचित्र निर्माण तथा प्रवद्धनमा सहयोग कार्यक्रम सञ्चालन कार्यविधि, द्वन्द्वपीडितका लागि सबलीकरण कार्यविधि,कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक वडा एक कृषि पशुपन्छी तथा मत्स्यजन्य उत्पादन […]

अर्थ समितिको कार्यविधि, २०८० स्वीकृत

काठमाडौं । अर्थ समितिले समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिले समितिको कार्यविधि मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको हो । बैठकमा समिति सभापति सन्तोष चालिसेले अर्थसमिति सञ्चालन कार्यविधि, २०८० सर्वसहतले पारित भएको बताउनुभयो । उहाँले कार्यविधिअनुसार निर्धारित समयको ३० मिनेट बितिसक्दासम्म बैठक सुरु हुन नसकेमा सभापतिले स्थगित गर्नसक्ने […]

स्वास्थ्य सेवा कार्यविधि पारित

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले स्वास्थ्य संस्थाका खानेपानी, सरसफाइ र स्वच्छताको मर्मत सम्भार कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ पारित गरेको छ । स्वास्थ्य संस्थाहरुमा बनेका खानेपानी, सरसफाई, स्वच्छता, फोहोर व्यवस्थापनका संरचना र प्रयोगमा रहेका औजार एवं उपकरण बिग्रेमा तत्काल मर्मत सभ्भार गरी सञ्चालनमा ल्याउने कार्यविधि पारित गरेको हो । मुलुकमा यसरी स्वास्थ्य सेवाको कार्यविधि […]

खुला बजार कारोबार कार्यविधि संशोधन

नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारसम्बन्धी कार्यविधि दोस्रो पटक संशोधन गरेको छ । आइतबार सार्वजनिक गरेको ‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबार सम्बन्धी कार्यविधि १ पुसदेखि पूर्ण कार्यान्वयनमा आउने राष्ट्र बैंकले जनाएको छ । संशोधित कार्यविधि अनुसार, वित्तीय बजारमा ब्याजदर स्थिरता एवम् तरलताको वाञ्छित सीमा कायम राख्न खुला बजार कारोबार सञ्चालन गर्नुपर्ने देखिएकाले कार्यविधि संशोधनसहित […]

निर्यात अनुदान कार्यविधि जारी

सरकारले निर्यातमा नगद अनुदान दिने गरी निर्यात अनुदान कार्यविधि जारी गरेको छ । झन्डै तीन महिना ढिलो गरी सरकारले निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने कार्यविधि जारी गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले निर्यात...

यस्तो छ चिकित्सा शिक्षाको म्याचिङ प्रणालीसम्बन्धी कार्यविधि

चिकित्सा शिक्षा आयोगको एकीकृत परीक्षाको म्याचिङ प्रणालीसम्बन्धी कार्यविधि सार्वजनिक गरेको छ। आयोगको कार्यकारी समितिबाट साउन २१ गते स्वीकृत भएको कार्यविधि सार्वजनिक गरिएको हो।

व्यास नगरपालिकाद्वारा ४ कार्यविधि पारित

तनहुँको व्यास नगरपालिकाले आवश्यक देखिएका ४ वटा कार्यविधि पारित गरेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा नगर कार्यपालिकाको नियमित बैठकले ४ कार्यविधि पारित गरेको कार्यालयका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । व्यास नगर समता आवासीय विद्यालय सञ्चालन कार्यविधि २०७८, व्यास नगरपालिका कोभिड व्यवस्थापन अस्पताल सञ्चालन कार्यविधि २०७८, व्यास नगरपालिका एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि २०७८ र व्यास नगर कृषि उपकरण व्यवस्थापनसम्बन्धी कार्यविधि २०७८ पारित गरेको हो ।  व्यास नगरपालिकाअन्तर्गत अत्यावश्यक ४ विष...

फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि पारित

काठमाडौँ । दूरसञ्चार क्षेत्रको नियामक निकायका रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रयोग गर्न पाउने प्रावधानसहित कार्यविधि पारित गरेको छ । केही दिनअगाडि बसेको प्राधिकरण बोर्डले फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८ पारित गरेको हो । कार्यविधि पारित भएसँगै नेपालमा फाइजी सञ्चालनको बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले फाइभजी परीक्षणका लागि […]

फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि पारित

दूरसञ्चार क्षेत्रको नियामक निकायका रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले फाइभ जी प्रयोग गर्न पाउने प्रावधानसहित कार्यविधि पारित गरेको छ । केही दिन अगाडि बसेको प्राधिकरण बोर्डले फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८ पारित गरेको हो । कार्यविधि पारित भएसँगै नेपालमा फाइजी सञ्चालनको बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले फाइभजी परीक्षणका लागि कार्यविधि तयार भएको बताए । उनका अनुसार उक्त कार्यविधि तयार भएसँगै अब सबै सेवा प्रदायकले परीक्षणका लागि आवे