पालिका चुनावमा १४ हजार ४ सय २ महिला जनप्रतिनिधि निर्वाचित : प्रमुख जित्ने महिला सूचीसहित

काठमाण्डाै - पालिका चुनाव–२०७९ मा ५५ हजार ६ सय ९९ महिला उम्मेदवार रहेकोमा १४ हजार ४ सय २ महिला निर्वाचित भएका छन् । तीन वटा पालिकामा प्रमुख र उपप्रमुख नै महिला निर्वाचित भएका छन् । झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पूजन न्यौपाने कुँवर, दैलेखको भैरवी गाउँपालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवि भण्डारी र कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा सुशीला शाही र उपमेयरमा जुना चौधरी निर्वाचित हुनुभएको छ । प्रदेशगत रुपमा महिला निर्वाचित सङ्ख्या प्रदेश -१ मा २ हजार ४ स...

सम्बन्धित सामग्री

पालिकामा महिला प्रतिनिधित्व ०.२६ प्रतिशत वृद्धि

स्थानीय तहमा महिलाको प्रतिनिधित्व अघिल्लो पटकभन्दा यसपालि शून्य दशमलव २६ प्रतिशतले बढेको छ । बाजुराको बुढीगंगा नगरपालिकाबाहेक ७ सय ५२ पालिकामा निर्वाचित ३५ हजार ४५ जनप्रतिनिधिमध्ये महिला १४ हजार ४ सय ४५ जना अर्थात् ४१.०१ प्रशित रहेका छन् । पाँच वर्षअघिको स्थानीय तह निर्वाचनमा कुल ३५ हजार २ सय २१ मध्ये ४०.७५ प्रतिशत अर्थात् १४ हजार ३ सय ५१ महिला जनप्रतिनिधि निर्वाचित भएका थिए ।

हुम्लामा ९६ जना महिला जनप्रतिनिधि निर्वाचित

सिमकोट – हुम्लामा यस पटकको स्थानीय तह निर्वाचनमा सात वटा गाउँपालिकामा ९६ जना महिला जनप्रतिनिधिहरुमा निर्वाचित भएका छन् । महिला जनप्रतिनिधिहरु उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदमा ९६ महिला निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचित जनप्रतिनिधिहरुको विवरण अनुसार निर्वाचित पदाधिकारीमध्ये दुुई जना उपाध्यक्ष, एक जना वडा अध्यक्ष र ९३ जना सदस्यहरु […]

पर्वतमा ४० प्रतिशत पदमा महिला उम्मेदवार निर्वाचित

पर्वत : हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट जिल्लामा ४० प्रतिशत पदमा महिला उम्मेदवार निर्वाचित भएका छन्। पाँच गाउँपालिका र दुई नगरपालिका रहेको पर्वतमा सबैभन्दा बढी कुश्मा नगरपालिकामा ४१.६७ प्रतिशत र सबैभन्दा कम जलजला गाउँपालिकामा ३८.३० प्रतिशत महिला निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए। उनका अनुसार पैयुँ गाउँपालिकामा ४०.५४, फलेवास नगरपालिकामा ४०.३५, महाशिला गाउँपालिकामा ४०.६३, मोदी गाउँपालिकामा ४०.४८ र बिहादी गाउँपालिकामा ४०.६३ प्रतिशत महिला जनप्रतिनिधि निर्वाच