भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने ओलीको प्रस्ताव

नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन् । रावलले उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए ।ओलीले छलफलमा रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन सकिने प्रस्ताव राखेको नेकपा एमालेका एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए । ओलीले आफू बसेको होटल सफारी पार्कमा नेताहरुसँगको भेटलाई तिब्रता दिएका छन् । दशौं महाधिवेशनमा रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

सम्बन्धित सामग्री

भोटिङ मेसिनमा मतदानकाे अभ्यास गर्दै प्रतिनिधि (तस्वीरहरू)

चितवन : नेकपा (एमाले)को नेतृत्व चयन सर्वसम्मत रुपमा गर्न असफल भएपछि निर्वाचन हुँदैछ। वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवबाहेक अन्य पदाधिकारीमा निर्वाचन हुँदैछ। अध्यक्षमा केपी शर्मा ओलीसहित भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीको उम्मेदवारी परेको छ। ओलीको सर्वसम्मत सूचीमा नअटेपछि उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन आचारसंहिता लागू भइसकेका हुनाले महाधिवेशनमा पर्चा पम्प्लेट वितरणमा समेत रोक लगाएको छ। विद्युतीय भोटिङ मेसिनबाट निर्वाचन हुने भ

भीम रावल ब्याक होलान् ?

काठमाडौं, १२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वसम्मतबाट पुनः अध्यक्ष बन्ने प्रयासमा छन् । त्यसका लागि उनले अध्यक्षको उम्मेदवारी घोषणा गरेका भीम रावललाई मनाउन खोजेका छन् । रावललाई वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्षमध्ये एक पद दिएर मनाउने ओलीको प्रयास रहेको बुझिएको छ । तर, ओली रावललाई फेरि उपाध्यक्षमा सिमित राख्न खोजिरहेका छन् । […]

एमाले महाधिवेशन : भीम रावल गलाउने यस्तो छ ओली रणनीति, बन्दसत्रमा तनाव

‘सहमति गर्ने हो भने पदाधिकारी, केन्द्रीय सदस्यमा उम्मेदवारी नदिए भैगो नि’ काठमाडौं, १२ मंसिर :  दशौं महाधिवेशनमा अध्यक्ष पदमा दाबी गरेका नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल शनिबार दिनभरजस्तो भनिरहेका थिए कि, अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको जानकारी छैन । बाहिर वरिष्ठ उपाध्यक्ष प्रस्ताव गरेको चर्चा चलेका बेला रावल अध्यक्ष कुनै छलफल भएको जानकारी […]

ओलीको सहमति प्रयासबारे मलाई जानकारी छैनः भीम रावल

चितवन– एमालेको १०औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी नेता भीम रावलले पार्टी अध्यक्ष केपी ओलीले गरेको सहमति प्रयासबारे आफू जानकार नभएको बताएका छन्। दुई जना नेताबीचको संवादपछि रावललाई वरिष्ठ उपाध्यक्ष दिन ओली तयार भएको विषयमा पत्रकारहरूको जिज्ञसामा रावलले भने, ‘अध्यक्षज्यूले सहमति खोज्न गरेका भनिएका प्रयासबारे मलाई थाहा छैन, मलाई कुनै जानकारी नै दिइएको छैन।’ उनले आफ्नो उम्मेदवारी […]

भीम रावल पछि नहट्ने, वरिष्ठ उपाध्यक्ष नछोड्ने नेम्वाङको अडान

चितवन : नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयासमा नेताहरु लागिरहे पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । औपचारिक रुपमा अध्यक्षमा उठ्ने घोषणा गरेका उपाध्यक्ष भीम रावल आफ्नो अडानबाट पछि हटेका छैनन्। उनी कुनै हालतमा अध्यक्षभन्दा तल नझर्ने मनस्थितिमा छन्। केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय सदस्य थप्ने गरी विधान संशोधन गरेको पनि रावललाई चित्त बुझेको छैन। उनले केन्द्रीय कमिटीमा अचानक विधान संशोधनको प्रस्ताव आएको भन्दै यसबारे आफूलाई थाहा नभएको प्रतिक्