२४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २९६ जना कोरोना संक्रमित थपिएका छन् । ८९७२ जनामा गरिएको नमूना परीक्षणमा २९६ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३६९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।अहिले देशभर ७५३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

सम्बन्धित सामग्री

थपिए ८ हजार ४५४ जना कोरोना संक्रमित, ​४ हजार ४३३ जना संक्रमणमुक्त

माघ १२ , काठमाडौं।  नेपालमा विगत २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार उक्त अवधिमा १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल मुलुकभर कोरोनाका सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ । उक्त अवधिमा  कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । यसैगरी ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ६७२ पुगेको मन्त्रालयले बताएको छ ।  नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले गत वैशाखमा भएको डेल्टा भेरिएन्टको लहरको तुलनामा यसपालि सघन उपचार कक्षमा भर्ना हुने चार गुनाले कम र भेन्टिलेटरको आवश्यकता पर्ने बिरामी पाँच गुनाले कम देखिएको  बताए ।  उनले तर यसो भन्दै गर्दा अत्यन्तै चनाखो हुनुपर्ने स्थिति रहेको  पनि बताए ।   अहिलेको वृद्धिसँगै  मुलुकभरी रहेका सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ। तीमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका तीन ओटा जिल्लामा छन्। अहिले आईसीयूमा २५१ जना र भेन्टिलेटरमा ४८ जना बिरामी सपचाररत रहेका छन् । दुई सातादेखि निरन्तर वृद्धि कोरोना भाइरसको संक्रमण दर बढ्दै थप मात्रा लगाउने मानिसको संख्या बढेको देखिन्छ । विगत दुई सातादेखि नेपालमा प्रत्येक दिन हजारौं सर्वसाधारणमा कोभिड- १९ पुष्टि भइरहेको छ। तीमध्येअधिकांश २१ देखि ४० वर्ष उमेर समूहका छन्। उता स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ओमिक्रोन भेरिएन्टका कारण संक्रमण दर वृद्धि भइरहेको बताउँदै आएका छन्।

कैलालीमा कोरोनाबाट ५ जनाको मृत्यु, थपिए २१९ कोरोना संक्रमित

कैलाली : कैलालीमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना र निजी अस्पतालमा दुई गरी थप ५ जनाको मृत्यु भएको हो। सेतीमा उपचाररत कैलालीको गोदावरी नगरपालिकाका २ जना र धनगढी उपमहानगरपालिकाका १ जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–२ की…

२४ घण्टामा थपिए २४ सय कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५३४ संक्रमित थपिए

काठमाडौं। आज देशैभरी ५३४ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ३,५८८ जनाको पीसीआर गर्दा ४९० जनाको र ५६४ एन्टीजेन परीक्षण गर्दा ४४ जनामा संक्रमण देखिएको हो। कोरोनाबाट आजै ५ जनाको मृत्यु भएको छ। नेपालमा अहिले ४,३८४ जना सङ्क्रमित छन्। कोरोना संक्रमणबाट १५७ जना निको भएर घर फर्केका छन्।

पछिल्लो २४ घण्टामा ८१ संक्रमित थपिए, ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ८१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ४४५ संक्रमित थपिए, ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ४३० जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

हालसम्म १९ लाख ९२ हजार ८५५ जनाको पिसिआर परिक्षण भएको छ। जसमध्ये २ लाख ६५ हजार ६९८ जनामा संक्रमण देखिएको छ।

उपत्यकामा ६७६ संक्रमित थपिए, काठमाडौंका ५ जनाको मृत्यु

३० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका मात्र ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ …