‘माथिको आदेश’ले फर्काइयो बेपत्ताका आफन्तको उजुरी

पुसको कठयांग्रिँदो ठन्डीमा ६ महिने छोरी र पत्नीसँगै घरमै सुतिरहेका टंकप्रसाद शर्मालाई पोखराको फुलबारी ब्यारेक भैरवीनाथ गणबाट खटिएको सेनाको टोलीले एकाबिहानै पक्राउ गर्‍यो । क्याप्टेन उत्तम थापा क्षेत्रीको नेतृत्वमा गएको १५–२० जना सैनिकको टोलीले कपडासम्म लगाउन दिएन । नाइलनको डोरीले हात बाँध्यो र आँखामा पट्टी कसेर लग्यो । २०५८ पुस १० गते ब्यारेक पुर्‍याइएका उनी अझै घर फर्केका छैनन् ।