नेपालको सर्वोच्च अदालत स्थापनाको ६ दशकपछि २०७८ मंसिर २ गते नेपालको न्यायिक इतिहासका एउटा ठूलै क्रान्ति भएको छ ।
सर्वोच्च अदालतका १८ जना न्यायाधीशले पेशी तोक्दा गोलाप्रथा लागू गर्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेका छन् । गोलाप्रथाबाट पेशी तोक्ने नियमावली संशोधन राजपत्रमा प्रकाशित भइसकेको छ । यससँगै प्रधानन्यायाधीशमा रहेको पेशी तोक्ने तजबिजी अधिकार खोसिएको छ ।
असल या खराब जे सुकै नियत राखेर गरेको भएपनि अहिलेसम्म प्रधानन्यायाधीशले नै तजबिजी ढंगले न्यायाधीशलाई मुद्दा तोक्ने परम्परा थियो । विगतका सबै प्रधानन्यायाध...