घटनास्थल पुगेका कास्कीका सिडिओ केसी भन्छन् : विमानमा दनदनी आगो बलिरहेको थियो - BIZMANDU

काठमाडौं। यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त भएको छ। काठमाडौंबाट पोखरा उडेको एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सेती खोंचमा विमान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले जानकारी दिए। अहिले सबै निकायका प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका सिडिओ टेकबहादुर केसीले भने। ‘म अहिले घटनास्थलमा नै छु। विमानबाट दन्दन्ती धुँवाको मुस्लो […]

सम्बन्धित सामग्री

जापानमा विमानमा आगलागी: कोस्टगार्ड विमानमा रहेका पाँच जनाको मृत्यु

जापान एयरलाइन्सको विमानमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ। जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा भएको घटनामा कोस्ट गार्डको विमानमा सवार पाँचजनाको मृत्यु भएको हो।...

उड्नैलागेको विमानमा चरा ठोक्किएपछि…

बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा उड्नलागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सको ब्याङ्कक उड्नलागेको विमानमा चरा ठोक्किएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको उक्त विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ …

के रातको समयमा पनि विमानमा चरा ठोक्किन सक्छ?

फ्लाई दुबईको काठमाडौंबाट उडेको विमानमा रातीको समयमा चरा ठोक्किएर इन्जिनमा आगो लागेको घटनाबारे धेरैले यो प्रश्न उठाइरहेका छन् कि के रातको समयमा पनि विमानमा चरा ठोक्किन सक्छ? खासगरी फ्लाई दुबईले चरा ठोक्किएका कारण आगो लागेको बताएपछि यसबारे आशंकाहरु उब्जिएका हुन् । हो, रातीको समयमा पनि विमानमा चराहरु ठोक्किन सक्छन् । धेरै जसो चरा ठोक्किने घटना […]

अमेरिकामा उडिरहेको विमानमा आगो लाग्यो

एजेन्सी । अमेरिकाको ओहायोमा उडिरहेको एक विमानमा साेमबार आगो लागेको छ । ओहायोको जोनग्लेन कोलम्वस अन्तर्राष्ट्रिय विमानस्थलबाट साेमबार बिहान फोनिक्सका लागि उडेको अमेरिकी एयरलाइन्सको उडान नम्बर १९५८ नम्बको बोइन ७३७ विमानमा आगो लागेको हो । उडेको केही मिनेटमै चरासँग ठोक्किएको विमानमा आगो लागेको थियो । विमानमा आगो लागेपछि चालकले विमानलाई सोही विमानस्थलमा सुरक्षित रुपमा अवतरण […]

भारतीय राष्ट्रपति मुर्मू लडाकु विमानमा

काठमाडौँ- भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शनिबार लडाकु विमानमा उडान भरेकी छिन् । उनले असम राज्यको तेजपुर हवाई अड्डाबाट सुखोई सु २० एमकेआई लडाकु विमानमा उडान भरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो विमानमा उडान भर्नुअघि राष्ट्रपतिलाई ‘गार्ड अफ अनर’ दिइएको थियो । राष्ट्रपति मुर्मू अप्रिल ५ देखि ८ सम्म असमको तीन दिने राजकीय भ्रमणमा छिन् […]

दुर्घटना भएको विमानमा १५ जना विदेशी, कुन कुन देशका नागरिक थिए ?

काठमाडौं : पोखरामा दुर्घटनाग्रस्त भएको विमानमा १५ जना विदेशी यात्रु रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। चालक दलसहित ७२ जना सवार विमानमा ५३ जना नेपाली नागरिक सवार थिए। प्राधिकरणका अनुसार विमानमा ५ जना भारतीय नागरिकसहित १५ जना विदेशी यात्रु थिए। विमानमा चारजना रसियाली, दुई जना कोरियाली, एकजना फ्रान्सेली नागरिक सवार…

अमेरिकाको मियामी एयरपोर्टमा विमानमा आगो लाग्यो (भिडियो)

९ असार, काठमाडौं । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एक विमानमा आगो लागेको छ । आगलागी भएको विमानमा १२६ यात्रु सवार थिए । समयमै उद्दार भएकाले विमानमा आगलागी भए पनि तीन यात्रु सामान्य घाइते हुँदै बाँकी सबै यात्रु सुरक्षित रहे । मंगलबार अमेरिकी समयअनुसार साँझ साढे पाँच बजे विमान अवतरणको क्रममा ल्याण्डिङ गियर भाँचिएको […]

पटनाबाट दिल्ली उडेको विमानमा आकाशमै आगलागी

काठमाडौँ । भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आकाशमै आगो लागेको छ । आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो । विमानमा आगो लागे पनि विमानमा रहेका यात्रु र चालक […]

तारा एयरको विमानमा धनुषाका एकै परिवारका सातजना

काठमाडौं : आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको विमानमा धनुषाका एकै परिवारको सातजना रहेको पुष्टि भएको छ। पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रु सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ।विमानमा राजनकुमार गोले, बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ।गोले परिवार मुक्तिनाथ

अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्कियो

फ्लाई दुबईको विमानमा चरा ठोक्किन पुगेको छ । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एफजेड–५७४ को विमानमा चरा ठोक्किन पुगेको हो । जहाजको बायाँ पङ्खामा चरा ठोक्किएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । आजै नेपालगन्जमा पनि जनावरमा सीता एयरलाइन्सको जहाज ठक्कर खान पुगेको थियो । दुबै घटनाबाट कुनै अप्रिय क्षति भने भएन ।