वर्षभर उत्कृष्ट कार्यसम्पादन गर्ने ४० कर्मचारीले मंगलबार यस वर्षको निजामती सेवा पुरस्कार पाए । पुरस्कार पाउने धेरैजसो राजधानी काठमाडौंमै कार्यरत छन् । दुई वर्षदेखि कोभिड महामारी नियन्त्रणमा खटिने स्वास्थ्य क्षेत्रका कर्मचारी भने पुरस्कारका लागि प्राथमिकतामा परेनन् । कतिपय पुरस्कृतहरू मापदण्डविपरीत छनोट भएका छन् ।