नर्भिक हस्पिटलमा सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’ को घोषणा गरेको छ । पछिल्लो समय दोस्रो लहरको कोरोना निको भइसकेपछि पनि ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको भन्दै अस्पतालले नेगेटिभ रिपोर्ट आएपछि देखापर्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै उक्त प्याकेज सार्वजनिक गरिएको जनाएको छ ।