मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही गर्न महेश बस्नेतको माग

काठमाडौँ। नेकपा एमालेका सांसद महेश बस्नेतले मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही गर्न माग गरेका छन्। सोमबार प्रतिनिधिसभामा मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो माग गरेका हुन्।