हालसम्म ६० हजार बढीले पाए कोरोना बीमाबापतको भुक्तानी

काठमाडौं। हालसम्म कुल ६० हजार ५८७ जनाले कोरोना बीमाबापतको भुक्तानी पाएका छन्। बीमा समितिको तथ्यांकअनुसार ६० हजार ५८७ जनाले ५ अर्ब ८५ करोड १५ लाख बीमा रकम बुझेका छन्। हालसम्म ९१ हजार ६ सय ७३ जनाको भुक्तानीका लागि सहमति प्राप्त भएको छ। अझै १८ हजार ८५९ जना स्वीकृतिको पर्खाइमा छन्।

सम्बन्धित सामग्री

कोरोना बीमा दाबी भुक्तानी सुस्त : ८० हजारभन्दा बढी कुराइमा

कोरोना बीमा गरेकामध्ये कोरोना लागेर बीमा दाबी गर्नेमध्ये धेरैले अझै पनि दाबी भुक्तानी पाउन सकेका छैनन् । विशेष गरी सरकारी कर्मचारी र नेपाली सेनाका व्यक्तिहरूको बीमा दाबी भुक्तानीमा निकै ढिलाइ भइरहेको छ । बीमा समितिले बनाएको मापदण्ड २०७७ अनुसार कोरोना भाइरसको सङ्क्रमण देखिएको प्रमाण पेस भएमा सात दिनभित्र दाबी भुक्तानी गर्नुपर्नेछ भन्ने उल्लेख भए पनि प्रमाण पेस भएको महिनौँ बित्दा पनि दाबी रकम भुक्तानी हुन नसकेको गुनासो बढेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल राष्ट्रिय बीमा कम्पनीमार्फत प्रमाणित भएर आउनुपर्ने फाइल आउन निकै ढिलाइ हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार स्वास्थ्य मन्त्रालयमा भएको ढिलाइका कारण पनि दाबी भुक्तानीमा सुस्तता आएको छ । मापदण्डअनुसार सामूहिक बीमा गर्दा लाग्ने बीमा शुल्कमा नेपाल सरकारले ५० प्रतिशत अनुदान उपलब्ध गराउने उल्लेख छ । राष्ट्रसेवक कर्मचारीको सामूहिक कोरोना बीमा गर्दा सरकारले शतप्रतिशत बीमाशुल्क अनुदान उपलब्ध गराउने उल्लेख छ । विश्वभर महामारीको बीमा गर्ने खासै प्रचलन नभए पनि नेपालमा निर्जीवन बीमाअन्तर्गत बीमा कम्पनीहरूले परीक्षणका रूपमा कोरोना बीमाको योजना अगाडि सारेका थिए । सुरुमा अधिकतम ५० हजार रुपियाँ र एक लाख रुपियाँसम्मको बीमाङ्कको र बीमा योजना ल्याएको भए पनि कोरोनाको प्रभाव बढ्न थालेपछि भने कोरोना भएको अवस्थामा २५ हजार रुपियाँ दिने र बाँकी ७५ हजार रुपियाँमध्येबाट अस्पतालमा भएको खर्च विवरणको आधारमा भरपाइ गर्ने गरी संशोधन गरेको थियो । बीमा समितिको पछिल्लो तथ्याङ्कअनुसार ९१ हजार ६७३ जनाले कोरोना बीमाबापतको भुक्तानी बुझिसकेका छन् भने ६० हजार ५८७ जनाको भुक्तानीका लागि सहमति प्राप्त भइसकेको छ । अझै १८ हजार ८५९ जनाको फाइल स्वीकृतिको पर्खाइमा छन् । एक हजार ९८९ फाइलमा आवश्यक विवरण पूरा नभएर फर्किएको बीमा समितिले जनाएको छ ।

यी व्यक्तिले नपाउने भए कोरोना बीमा

काठमाडौं । कोभिड–१९ बीमालेख (कोरोना बीमा) मा हालसम्म ६० हजार ५८७ जनाले दाबी भुक्तानी पाएका छन् । कोरोना बीमामा हालसम्म ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएका छन् ।बीमा समितिका अनुसार चैत ३० गतेसम्ममा रू. ५ अर्ब ८५ करोड १५ लाख बराबरको दाबी भुक्तानी भएको छ । गत कात्तिकसम्म दाबी भुक्तानीमा ढिलाइ भएको थियो । तर, पछिल्लो समय दाबी भुक्तानी नियमित रूपमा भइरहेको छ ।आवेदन गरेकामध्ये ६६६ जनाले भने दाबी रकम नपाउने भएका छन् । प्रतीक्षा अवधिमा कोरोना संक्रमित भएका, नक्कली पीसीआर रिपोर्ट बुझाएका तथा