सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)ले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई टक्कर दिएका छन् । काठमाडौं महानगरपालिकामा वालेन्द्र साहले अग्रता लिइरहँदा धरानमा हर्कराजले सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवारलाई पछ्याइरहेका छन् । उनी काठमाडौंका स्वतन्त्र उम्मेदवार साह जस्तो सेलिव्रेटी पनि होइनन्, तर उनले पाएको मत देखेर एमाले र कांग्रेस झस्किएका छन् ।