एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपतिलाई भेट्न बिहान ११ बजेर ४० मिनेट जाँदा शीतलनिवास प्रवेश गरेका ओली २ घण्टापछि बाहिरिएको उच्च स्रोतले जानकारी दियो ।
भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीबाट हटेर ओली प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पुगेका छन् ।
राष्ट्रपतिमाथि पनि महाअभियोग लगाउनुपर्ने भनी केही सांसदहरूले चर्चा चलाइरहेको बेला भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।