पुतलीसडकमा आगलागी हुँदा ९ लाखको सामान जलेर नष्ट

काठमाडौँ । काठमाडौँको पुतलीसडकमा आगलागीबाट ९ लाखको धनमाल जलेर नष्ट भएको छ। काठमाडौँ महानगरपालिका–२८ पुतली सडकस्थित रत्न गोविन्द श्रेष्ठको घरमा ग्यास लिक भई आइतबार बेलुकी आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट भान्छा कोठा, बैठक कोठा र घर नजिकैको उनकै छोरा जीवन गोविन्द श्रेष्ठको भान्छा कोठा तथा बैठक कोठामासमेत रहेको सामानहरू जलेर करिब ९ लाख रूपैयाँ […]