कैलाली-५ बाट कांग्रेसका पन्त प्रतिनिधिसभामा निर्वाचित

९ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् । नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । पन्तले २१ हजार ३९२ मत प्राप्त गर्दै जित निकाल्दा उनका प्रतिद्वन्द्वी एमालेका रानाले २० हजार ३१८ मत पाएका छन् । मतगणनाको सुरूवातदेखि अग्रता लिएका […]