आजको मौसम : देशभर चिसो बढ्यो, हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले   देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा बंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको साथै अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। भने, देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको र पहाड तथा तराईको थोरै भूभागमा हुस्सु र कुहि

सम्बन्धित सामग्री

देशभर चिसो बढ्यो‚ कर्णाली र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने जनाएको छ।शनिबार बिहान कर्णाली र गण्डकी प्रदेशका अधिकांश स्थानमा मौसम बदली भएको छ। तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ। पश्चिमी न्यून चापीय प्रणालीको असरको कारण दिउँसो कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।काठमाडौं उपत्यकासहित देशैभर चिसो बढेको छ। उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ३ दशमलव ३ डिग्री सेल्सियस मापन

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्यो, सावधानी अपनाउन अनुरोध

मंसिर २५, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५ दशमलव ४ डिग्री मापन गरिएको छ । शुक्रवार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री थियो ।             न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले बताएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ ।             आगामी साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली (कुण्ड) का कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।             मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २० दशमलव ७ डिग्री सेल्सियस रहेको छ । रासस

देशभर चिसो बढ्यो : जुम्लाको तापक्रम न्यूनतम दुई डिग्री

कात्तिक १३, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रवार काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव १ डिग्री रहेकोमा शनिवार १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।             अब चिसो निरन्तर बढ्दै जाने विभागका मौसमविद् शान्ती कँडेलले बताइन्। दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ । केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ ।             हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभाग मौसम सामान्यतया सफा रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।             मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै शनिवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम २ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।रासस

काठमाडौँ सहित देशभर चिसो बढ्यो, उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौँ  उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अब चिसो निरन्तर बढ्दै जाने विभागका मौसमविद् शान्ती कँडेलले बताईन्। दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ । केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभाग मौसम सामान्यतया सफा रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २५ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

समुन्द्री फेथाइले देशभर चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    महाशाखाले सोमबार एक ...