यसपालि दशैँमा पनि पानी पर्ने अनुमान

काठमाण्डाै - यसपालिको दशैँमा पनि पानी पर्ने मौसमविद्को अनुमान छ ।  मनसुन अझै केही दिन रहने भएकाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिलेसम्मको प्रक्षेपणले यो हप्ताभरि नै मनसुन रहने अनुमान गरिएको छ । दशैँको घटस्थापना सुरु हुन अब दुई दिन मात्रै बाँकी छ । मौसमविद् मानन्धरले यसपालिको दशैँमा हल्कादेखि मध्यम खालकाे पानी पर्ने सम्भावना रहेको बताउनुभयो ।‘लगातारको झरी र ठूलो पानी पर्ने सम्भावना भने छैन, तर हल्कादेखि मध्यम वर्षा भने हुने पूर्वानुमान छ&r...

सम्बन्धित सामग्री

अझै केही दिन पानी पर्ने

काठमाण्डौ – देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन पानी पर्ने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । ‘आउँदो सोमवारदेखि मनसुन थप सक्रिय हुने देखिएको छ’, उहाँले भन्नुभयो ।   मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्य...

आज पनि देशका केही ठाउँमा पानी पर्ने

काठमाण्डाै - आज पनि देशका केही ठाउँमा पानी पर्ने अनुमान छ । मौसमविद् हिरा भट्टराईका अनुसार आज दिउँसाेपछि प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । यस्तै, अन्य प्रदेशका एक/दुई ठाउँमा पनि पानी पर्ने अनुमान छ । केही दिनयता काठमाण्डौसहित देशका धेरै ठाउँमा दिनहुँजसो पानी परिरहेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवातको आंशिक प्रभाव र स्थानीय वायुसँगै भारतको बिहारदेखि पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा भइरहेको मौसमविद् हिरा भट्टराईल...

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली छ । आज दिउँसोपछि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिमी बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना छ । मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ । यस्तै, केही दिनयता मौसम बद्...

आज बेलुका पनि मेघगर्जनसहित पानी पर्ने

काठमाण्डाै - आज बेलुका पनि पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठकाअनुसार पश्चिमी न्यून चापीय प्रणालीकै असरका कारण हिजो जस्तै आज बेलुका पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । यो प्रणालीको प्रभाव भोलि भने हट्ने छ । तर, पर्सि फेरि पानी पार्ने अर्को प्रणाली भित्रने सम्भावना रहेकाले पर्सि बुधवार र बिहीवार धेरै ठाउँमा पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार तराईका जिल्ला बाहेक अन्य क्षेत्रमा पर्सि बुध...

बुधवारसम्म नै धेरै ठाउँमा पानी पर्ने

काठमाण्डाै – हिजाे शनिवार रातिदेखि देशका धेरै ठाउँमा मौसम बदली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले मौसम बदली र पानी पर्न सुरु भएको हो । आउँदो बुधवारसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वका केही ठाउँमा हिजो शनिवार ठूलो पानी परेकोमा आज आइतवार मध्य क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ । सुदूरपश्चिम प्रदेशमा भने भोलि साेमवार ठूलो पानी पर्ने ...

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै - आज बेलुका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पानी पार्ने मनसुनी न्यूनचापीय रेखाको प्रभावका कारण बेलुका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने र अरु प्रदेशमा  सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । दिउँसो भने देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मेघगर्जनसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने...

आज र भोलि दिउँसाेभन्दा राति धेरै पानी पर्ने

काठमाण्डाै - आज वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । पानी पार्ने मनसुनी प्रणाली सक्रिय रहेकाले यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार दिउँसाे भन्दा राति धेरै पानी पर्ने सम्भावना छ । आज र भोलि दिउँसाेको समयमा हल्कादेखि मध्यम खालको वर्षा भए पनि राति ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद् बासीको आग्रह छ । वाग्मती र गण्डकी प्रदेशमा बाढी पहिरोको जोखिम उच्च रहेकाले रातको समयमा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका ...

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने अनुमान छ । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् मानन्धरले बताउनुभयो । आज राति प्रदेश-१, प्रदेश-२, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । यस्तै, भोलि वाग्मती प्रदेशसहित प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो प...

देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै - आज देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले प्रदेश-१, प्रदेश-२ र काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका सामान्यदेखि मध्ययम पानी परिरहेको र दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको हो । आज दिउँसो र राति प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । आउँदो तीन दिनसम्म नै देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी समेत पर्ने सम्भाव...

हावाहुरी र चट्याङ्गसहित पानी पर्ने सम्भावना

काठमाण्डाै - आज काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलकाअनुसार दिउँसोपछि काठमाण्डौका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । यस्तै, अन्य पहाडी क्षेत्रमा पनि हावाहुरीसहित चट्याङ्ग र हल्का पानी पर्ने उहाँले बताउनुभयो । आज देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने पनि मौसमविद्ले बताएका छन् । देशका धेरै ठाउँमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव परेको छ ।