जीतपुर सिमरा उपमहानगरमा गठबन्धनभित्र किचलो

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले जीतपुर सिमरा उपमहानगरमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।  काँग्रेस उपमहानगर कमिटीले विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै लड्ने जनाएको हो ।‘नेपाली काँग्रेसको संगठनात्मक अवस्था विगतको तुलनामा राम्रो भएको र हाम्रो पार्टीबाट निर्वाचित वडाध्यक्ष र वडा सदस्यहरुले राम्रो कार्यसम्पादन गरेकाले जीतपुर सिमरा उपमहानगरमा कुनै पनि पार्टीसँग गठबन्धन नगरी अगामी स्थानीय निर्वा