वर्षायाम सुरू भएसँगै कच्ची सडक ठप्प, स्थानीयलाई सास्ती

खोटाङ – वर्षायाम सुरू भएसँगै खोटाङका अधिकांश कच्ची सडक ठप्प भएको छन्। वर्षाको सिजन सुरू भएसँगै कच्ची सडक हिलाम्मे भएपछि काठमाडौँ-लामीडाँडा-खार्पा-दुबेकोल-ऐसेलुखर्क, दिक्तेल-मात्तिम-टेम्मा-याम्खा-पञ्चमी-खोटाङबजार, दिक्तेल-राजापानी-रेग्मीटार-रसुवा, दिक्तेल-जालपा-हौँचुर-फेदी माक्पा-ऐसेलुखर्क, दिक्तेल-पाथेका, दिक्तेल-खार्मी-बालाबेँसी, रसुवा-सिमपानी-खोटाङबजार, रसुवा-रोक्सिङ-पञ्चमी-याम्खा-मात्तिम र रसुवा-टेम्मा-छितापोखरी सडक अवरुद्ध भएका हुन्। पानी पर्दा विभिन्न ठाउँमा सडक बिग्रेकाले ग्रामीण क्षेत्र जोड्ने सडकमा बस तथा जीप चल्न छाडेको खोटाङ यातायात प्रालिले जनाएको छ। […]