बाढी पहिरोकै बीचमा नदी खोलाको आकस्मिक बैठक

मानव बस्तीमा बाढी पहिरोले तहसनहस पारेपछि नदी र खोलाहरुमा पनि खैलाबैला मच्चियो । मानव बस्तीमा बसेर नदी खोलाले दुःख दिए भन्ने गुनासो सुनेपछि नदीको मुखियाले आकस्मिक बैठक बोलाए । बैठकमा सधैं एकनासले बगिरहने नदी, खोला तथा कहिलेकाहीँ मात्रै आफ्नो रुप देखाउने खोल्सा, खहरे, भेल, कुलोका प्रतिनिधि पनि उपस्थित भए ।मुखियाले सबैभन्दा पहिले नदीलाई सोधे : मान्छेहरुको बस्तीमा पसेर किन दुःख दिएको ? असार नलाग्दै नदी खोला बहुलायो भनेर हामीलाई गाली गरिरहेका छन् मान्छेले ।बस्ती नै सुसाउँदै आएको नदीका प्रतिनिधिले जवाफ दिए : हामी मा...