काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ । महासचिव लीलामणि पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले माघ ९ गते आफ्नो पार्टीको कार्यक्रममा सम्बोधन गर्ने क्रममा ‘वकिलले कुरा फिटेका फिट्यै छन्, केही वकिलहरुले एकजना बाजे वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न’ भनेकोप्रति आपत्ति जनाएका हुन् ।प्रधानमन्त्रीको सो अभिव्यक्ति संविधान, कानुन र प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरण अनुकुल नरहेको ब