नयाँ सरकार बनाउन माधव नेपाल समूहलाई पर्खिने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन सरकार बनाउन नेकपा एमालेको माधवकुमार नेपाल समूहलाई पर्खिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आवश्यक बहुमत पुर्‍याउन एमालेकै नेपाल समूहलाई पर्खिने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल समूहले निर्णय दिएपछि सरकार गठनबारे औपचारिक निर्णय गरिने जानकारी दिए । ‘हामी तयार हुँदाहुँदै पनि एमालेका नेपाल-खनाल समूहको निर्णय पर्खेर बसेका छौं । उहाँहरूले के निर्णय दिनुहुन्छ ? त्यसपछि नयाँ सरकार गठनका...