भूपिको कविता सुनाउँदै ओलीले भने – सुहागरात र स्वर्गीय पतिको याद एकसाथ !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै केही नेताको स्वार्थका कारण सरकारको नेतृत्व गरेको र संसदमा बहुमत भएको पार्टी अहिले विभाजनको अवस्थाबाट गुज्रेको बताएका छन् । उनले माधव नेपाल लगायतका नेताहरूले कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्न खोजेको आरोप लगाए ।  माधव नेपालको साथ छाडेका केन्द्रीय कमिटी सदस्यहरूसहित पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकलाई बिहीवार सम्बोधन गर्दै ओलीले विना कुनै कारण पार्टी विभाजन गरिएको आरोप लगाए । अध्यक्ष ओलीले कवि भूपी शेरचनको कविताको हरफ सुनाउँदै सुहागरात र स्वर्गीय पत...