महिला साफः माल्दिभ्सको पोष्टमा पाकिस्तानको ७ गोल (तस्बिरहरु)

काठमाडौँ – छैटौं संस्करणको महिला साफ च्याम्पियनसीपमा पाकिस्तानले माल्दिभ्सलाई ७–० गोल अन्तरले पराजित गरेको छ। काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मंगलबार भएको खेलमा पाकिस्तानले सान्त्वना जित निकालेको हो। यद्यपी, पाकिस्तान र माल्दिभ्स यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई जित दिलाउन नाडिया खानले ह्याट्रिकसहित ४ गोल गरिन्। यस्तै रामिन फारीद, खादिजा काज्मी र अनमुल […]