ललिता निवास प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल पुर्पक्षका लागि थुनामा

काठमाडौँः विशेष अदालतले ललिता निवास प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई पुर्पक्षका लागि थुनामा पठाएको छ। बुधबार अदालतमा हाजिर भएका ढकाललाई थुनछेक बयान र बहसपछि थुनामा पठाइएको हो। ढकाललाई डिल्लीबजार कारागार चलान गरिएको छ। न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले ढकाललाई थुनामा पठाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान…