सुकुम्वासीलाई भूमिपति बनाउन पाउँदा धेरै खुसी मिलेको छ : मेयर दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सुकुम्वासीलाई भूमिपति बनाउन पाउँदा धेरै खुसीको अनुभूति मिलेको बताउनुभएको छ ।भरतपुर–२ मा रहेकाे देवकोटा चोकमा नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले आयोजना गरेको लालपुर्जा प्राप्तिपछि शुभकामना तथा बधाई कार्यक्रममा मेयर दाहालले लालपुर्जा वितरणको काममा अभिभावक बन्न पाउँदा धेरै खुसी मिलेको उल्लेख गर्नुभयो । ‘लालपुर्जा पाउँदा तपाईँहरू जति खुसी हुनुहुन्छ, त्योभन्दा बढी म खुसी छु’, उहाँले भन्नुभयो, ‘हामीले जे बोल्यौँ, त्यही गर्‍याैँ ...