साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाएर ठगी गर्न खोज्ने पक्राउ

प्रहरीको साइबर ब्यूरोकै नक्कली पेसबुक पेज बनाएर ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साइबर ब्यूरो नेपाल नामको नक्कली फेसबुक पेज बनाएर सर्वसाधरणलाई झुक्याउन खोज्ने चितवन झुवानीका करण महतोलाई प्रहरीले पक्राउ गरेको हो । साइबर ब्यूरोका अनुसार महतोले साइबर ब्यूरोकै नक्कली फेसबुक पेज बनाएर सर्वसाधारणलाई झुक्याउने र उनीहरूसँग जानकारी बटुलेर ठगी गर्ने अभिप्राय राखेको ब्यूरोले जनाएको छ । रत्ननगर नगरपालिका ५ झुवानीका १८ वर्षीय महतोले हालसम्म के कति मानिसलाई झुक्यानमा पारी ठगी